News

कोरोनाका कारण २७ दिनमा ३२ जनाको मृत्यु, मृत्यु हुने अधिकांश खोप नलगाएका

कोरोनाका कारण २७ दिनमा ३२ जनाको मृत्यु, मृत्यु हुने अधिकांश खोप नलगाएका

नेपालमा कोरोनाबाट हुने मृत्यु दर वढेको छ। कोरोनाबाट २७ गतेदिनमा ३२ जनाले ज्यान गुमाएका छन् । साउन १ गतेदेखि २७ गतेसम्म ३२ जनाको कोरोना संक्रमणका कारण मृत्यु भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ।

वैशाख २१ गते कोरोना संक्रमणबाट मृत्यु भएकोमा त्यसको ७३ दिनपछि साउन १ गते कोरोना संक्रमणबाट १ जना संक्रमितको मृत्यु भएको थियो। साउन २६ गते सबैभन्दा धेरै ५ जनाको मृत्यु भएको मन्त्रालयले जनाएको छ।

कोरोना संक्रमणबाट मृत्यु भएका अधिकांश व्यक्तिहरु र्दीर्घरोगी, ज्येष्ठ नागरिक र खोप नलगाएका व्यक्ति रहेको मन्त्रालयका प्रवक्ता डा. समीरकुमार अधिकारीले बताए ।

मृत्यु हुने मध्ये ६ जनाले मात्र खोप लगाएको पाइएको छ। मृत्यु हुनेमा एक जना २१ वर्षीय र अरु ५० वर्ष माथिका छन् । 

नेपालमा हालसम्म कुल जनसंख्याको २ करोड ९१ लाख ९२ हजार ४८० मध्ये ७५.१ प्रतिशतले एक मात्रा र ७०.७ प्रतिशतले पूर्ण मात्राको खोप लगाएका छन् । त्यसैगरी लक्षित जनसंख्या १२ वर्ष माथिका २ करोड ३३ लाख २७ हजार ६१९ मध्ये ९३.९ प्रतिशतले एक मात्रा र ८८.५ प्रतिशतले पूर्ण मात्राको खोप लगाएका छन् ।

बुस्टर मात्राको खोप भने ७४ लाख ११ हजार ८८९ जनाले लगाएका छन् । 
 

विशेष