News राजनीति

अध्यक्ष जित्न १० करोड खर्च गर्नेको सूचना आयोगलाई किन दिदैनन् प्रचण्ड ?

अध्यक्ष जित्न १० करोड खर्च गर्नेको सूचना आयोगलाई किन दिदैनन् प्रचण्ड ?

नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहालले निर्वाचन आयोगको पत्रलाईलाई समेत वेवास्ता गरेका छन् । दाहालले निर्वाचन आचार संहिता विपरित अभिब्यक्ति दिएपछि आयोगले साउन १० गते नै पत्र काटेर त्यसको जवाफ मागेको थियो। दाहालले हालसम्म त्यसको जवाफ फर्काएका छैनन् ।

आयोगले पार्टीको केन्द्रिय कार्यालयमा पत्र पठाएको थियो। तर, पत्र वुझ्न नमानेपछि हुलाक मार्फत पठाईएको छ। तर, त्यसको जवाफ भने नआएको आयोग स्रोतले जनाएको छ । ‘माओवादीको केन्द्रीय कार्यालयमा पत्र दिँदा नबुझेपछि आयोगले हुलाकमार्फत पठाएको हो । हालसम्म त्यसको जवाफ आएको छैन’–स्रोतले भन्यो ।

दाहालले साउन ९ गते नरबहादुर कर्मचार्य स्मृति दिवसमा आयोजित कार्यक्रममा गाउँपालिका अध्यक्षमा चुनाव जित्नका लागि १० करोड रुपैयाँसम्म खर्च भएको जानकारी आफूलाई आएको बताएका थिए । उनको यो अभिब्यक्तिपछि आयोगले १० करोड खर्च गर्ने उमेदवारको सूचना दिन पत्र काटेको हो ।
 
आयोगले स्थानीय तहको निर्वाचनमा गाउँपालिका अध्यक्षले तीन लाखसम्म खर्च गर्न पाउने व्यवस्था रहेको सम्झाउँदै १० करोड खर्च गर्ने उमेदवारको सूचना दिए कारबाही गर्ने बताएको छ ।
 
पत्रमा भनिएको छ– ‘आयोगबाट तोकिएको हदभन्दा बढी खर्च गर्ने तथा निजहरुले गरेको खर्चको विवरण आयोगले तोकेको कार्यालय समक्ष नबुझाउने उमेदवारमाथि कारबाही प्रकृया सुरु गरिसकेको अवस्था रहेको हुँदा सञ्चार माध्यमहरुमा प्रकाशित प्रसारित भएको तपाईंको अभिव्यक्ति बमोजिम तपाईंले पाएको सूचना अनुसारको गाउँपालिकाको अध्यक्षमा चुनाव जित्न १० करोड रुपैयाँसम्म खर्च गर्ने उमेदवारबारे सूचनाको साथै आयोगले तोकेको खर्चको हदभन्दा बढी खर्च गर्ने उमेदवार बारेको वस्तुगत सूचना आयोगमा उपलब्ध गराई सहयोग गरिदिन हुन अनुरोध गरिन्छ।’

यो पनि,
निर्वाचन आयोगको स्पष्टिकरण पत्र प्रचण्डले वुझेनन्, हुलाकबाट पठाईयो

पुष्पकमल दाहाल

विशेष