News

खगेन्द्र संग्रौलाको नजरमा यसरी फेल भए बालेन्द्र साह

खगेन्द्र संग्रौलाको नजरमा यसरी फेल भए बालेन्द्र साह

लेखक खगेन्द्र संग्रौलाले काठमाण्डौ महानगरपालिकाका मेयर बालेन्द्र साह असफल भएको घोषणा गरेका छन् । फोहोर व्यवस्थापन गर्न नसकेको भन्दै वडाध्यक्षहरुबाटै आलोचना खेपिरहेका बेला लेखक संग्रौलाले पनि मेयर साह असफल भएको घोषणा गरेका हुन।

तर, उनले साहको वचाउन पनि गरेका छन् । उनको आसय मेयर साहलाई फेल गराईएको अर्थमा पनि वुझ्न सकिन्छ। ढंग नपुग्नु, असहयोग र अवरोधका कारण साह फेल भएको संग्रौलाको निस्कर्ष छ।

‘बेढङ्ग, असहयोग र अवरोधको कारण मेयर बालेन फोहोर व्यवस्थापनको परिक्षामा फेल भए। फोहोर थुप्रिएर राजधानी दङदङी गनाउन थाल्यो’ संग्रौलाले ट्वीटरमा लेखेका छन्–‘हैजा शुरू भो। फयल बालेन सरले उपल्लो निकायलाई अविलम्ब भन्नुपरो– मैले सकिनँ, फोहोर व्यवस्थापनको काम तिमी सम्हाल। बरा ‘स्वतन्त्र’ नराम्ररी फेल भो है!’

यस अघि विहिवार वसेको महानगरपालिकाको कार्यपालिका वैठकमा वडाध्यक्षहरुले समेत मेयर साहको तिव्र आलोचना गरेका थिए । मेयर एक्लै हिँड्न खोजेको, सहकार्य नगरेको, फोहोर व्यवस्थापन सम्बन्धी कामबारे जानकारी नदिएको भन्दै उनको आलोचना भएको थियो।

वडा नम्बर १० का अध्यक्ष रामकुमार केसीले मेयरले एक्लै हिँड्न खोज्दा समस्या समाधान हुन नसकेको बताए । ‘मेयर साब मन्त्रालय जानुहुन्छ, सिसडोल जानुहुन्छ, कुन कुन ठाउँ जानुहुन्छ फोहोर सम्बन्धी कुरा गरिरहनुभएको छ। त्यो गर्दा आफ्नो टिमलाई लिएर जानुभएको छ ? हामीलाई मात्र होइन, फोहोर मैलाको टिमलाई सोध्दा पनि थाहा छैन भन्छन्’– उनले गुनासो गरे।

पहिलो कार्यपालिका बैठकले फोहोरमैला व्यवस्थापनका लागि समिति बनाए पनि अहिलेसम्म त्यसको बैठक नबोलाइएको उनले आरोप लगाए । निर्वाचित भएपछि फोहोर व्यवस्थापन नहुँदासम्म माला खादा लगाउँदिन भने पनि ७० दिनसम्म समस्या समाधान हुन नसकेको भन्दै केसीले मेयरको आलोचना गरे ।

उनले अगाडि थपे– ‘उहाँले फोहोर व्यवस्थापन नहुँदासम्म माला खादा लाउँदिन भन्दा हामी खुशी थियौं, फोहोर व्यवस्थापन राम्रोसँग हुन्छ भन्ने लागेको थियो। यत्रो दिन हुँदा पनि हुँदैछ हुँदैछ मात्र । के कारणले भयो ?’

अन्य कार्यपालिका सदस्यहरुले पनि फोहोरले गर्दा काठमाडौंबासीले सुत्न पनि नसक्ने स्थिति आएको बताएका थिए । वडा नं. ३० अध्यक्ष दलबहादुर कार्कीले काठमाडौंबासी केन्द्र सरकारविरुद्ध लाग्न बाध्य भएको बताए । सरकारले नै महानगरलाई सहयोग नगरेपछि फोहोर बागमतीमा बगाइदिनुपर्ने उनको भनाई थियो।

उनले भने– ‘काठमाडौंको मुख्य सडकमा फोहोर थुपार्ने कि टुँडिखेलमा लगेर राख्ने हो राखौं । तर फोहोर व्यवस्थापन तत्काल हुनपर्छ ।’

बालेन्द्र साह

विशेष