परपुरुषसँग लागेको भन्दै घाँटी थिचेर गर्भवती श्रीमतीको हत्या
![परपुरुषसँग लागेको भन्दै घाँटी थिचेर गर्भवती श्रीमतीको हत्या](https://nepalaaja-files-storage.sfo2.cdn.digitaloceanspaces.com/uploads/username-4_4/2021/12/murder-hatya-death-nepal-aaja-394.jpg)
परपुरुषसँग सम्वन्ध राखेको भन्दै विरगञ्जमा एक गर्भवती महिलाको हत्या गरिएको छ। हत्यामा उनका श्रीमान नै संलग्न भएको पाईएको छ।
पर्साको वीरगन्ज महानगरपालिका–२३ इटियाहीमा २६ वर्षीय दिनेश प्रसाद यादवले २३ वर्षीया श्रीमती प्रतिमाकुमारीको घाँटी थिचेर हत्या गरेको जनाईएको छ।
प्रतिमा ५ महिनाकी गर्भवती थिईन। श्रीमती अरुसँग सम्बन्धमा रहेको शंकामा दिनेशले शुक्रवार बिहान श्रीमती हत्या गरेका प्रहरीले जनाएको छ । यादव पक्राउ परिसकेका छन् ।
घट्नाको थप जानकारी आएको छैन। तर, अनुसन्धान सुरु गरिएको जिल्ला प्रहरी कार्यालय पर्साका डिएसपी प्रल्हाद कार्कीले जानकारी दिए ।