News विदेश

आत्मघाती वम विस्फोटमा तालिबानी धार्मिक नेताको मृत्यु

आत्मघाती वम विस्फोटमा तालिबानी धार्मिक नेताको मृत्यु

अफगानिस्तानको काबुलमा बिहीबार भएको एक आत्मघाती वम विस्फोटमा तालिबानी धार्मिक नेताको मृत्यु भएको छ।

राजधानीमा भएको विस्फोटमा शेख रहिमुल्लाह हक्कानीको मृत्यु भएको हो। अफगानिस्तानमा पछिल्ला हप्ताहरुमा शृंखलावद्ध विस्फोटहरु भएका छन् । राजधानी काबुलको चन्दवाल, पुल–ए–सोख्ता र सरकारिजलगायतका धेरै क्षेत्रमा विस्फोटहरू भएका छन् ।

अगस्ट ६ मा काबुलको पश्चिममा पर्ने पुल–ए–सोख्ता क्षेत्रनजिक भएको विस्फोटमा कम्तिमा तीन जनाको मृत्यु हुनुको साथै अन्य सात जना घाइते भएका थिए । अफगानिस्तानमा भर्खरै भएको विस्फोटको संयुक्त राष्ट्र सङ्घले निन्दा गरेको छ ।

यसमा परी एक सय २० भन्दा बढी व्यक्ति मृत्यु र घाइते भएका छन् । विस्फोटको जिम्मा इस्लामिक स्टेट्सले लिएको छ। 
 

विशेष