News

प्रहरीको भ्यान दुर्घटनामा घाईते भएका एक प्रहरी जवानको मृत्यु

प्रहरीको भ्यान दुर्घटनामा घाईते भएका एक प्रहरी जवानको मृत्यु

रुकुम पूर्वमा आज विहान भएको प्रहरीको भ्यान दुर्घटनामा घाईते भएका एक प्रहरी जवानको मृत्यु भएको छ। 

दुर्घटनामा परी जिल्ला प्रहरी कार्यालयमा कार्यरत रोल्पा घर भएका प्रहरी जवान लक्ष्मण पुनको मृत्यु भएको हो । जिल्लाको पुथाउत्तरगंगा गाउँपालिका–११, तल्लो सेरा नजिकै लु १ झ ६६० नम्बरको प्रहरीको भ्यान बिहान ११ बजे दुर्घटना भएको थियो । 

दुर्घटनामा परी जिल्ला प्रहरी कार्यालयका डिएसपी प्रकाश डाँगी, सशस्त्र प्रहरीका डिएसी रविन्द्र श्रेष्ठ, प्रहरी हवल्दार भ्यान चालक कुमारसिंह डाँगी, प्रहरी जवान सन्तोष बुढा मगर र इन्द्र घर्ती घाइते भएका छन् ।

घाइतेमध्ये डीएसपी श्रेष्ठ, हवल्दार डाँगी र प्रहरी जवान बुढालाई नेपाली सेनाको हेलिकप्टर मार्फत् कोहलपुरस्थित शिक्षण अस्पताल पु¥याइएको छ । जनपद प्रहरीका डीएसपी प्रकाश डाँगी र प्रहरी जवान घर्तीलाईलाई पनि अस्पताल लैजाने गरी व्यवस्था मिलाइएको सिडिओ तुलाराज सुनुवारले बताए।

सदरमुकाम रुकुमकोटबाट अनुगमनका लागि तकसेरातर्फ जाँदै गर्दा भ्यान दुर्घटनामा परेको थियो। भ्यान सडकभन्दा झण्डै सय मिटर तल पुगेको बताइएको छ । भ्यानको व्रेक फेल भएर दुर्घटना भएको प्रहरीले जनाएको छ।

यो पनि,

रुकुम पुर्वमा प्रहरीको गाडी दुर्घटनाः २ डिएसपीसहित ६ जना घाईते, १ जना गम्भिर

विशेष