News

२ महिनादेखिको फोहोरले तरकारी वजारको बाटो बन्द, बालेन्द्र अन्तै ब्यस्त

२ महिनादेखिको फोहोरले तरकारी वजारको बाटो बन्द, बालेन्द्र अन्तै ब्यस्त

फोहरका कारण काठमाण्डौंको कालीमाटी तरकारी बजार प्रवेश गर्ने मुख्य प्रवेशद्वार बन्द भएको छ। दुई महिनादेखि नियमितरुपमा फोहर व्यवस्थापन हुन नसक्दा फोहार थुप्रिएर प्रवेश द्वार नै वन्द भएको हो ।

कालीमाटीबाट तरकारी बजार प्रवेश गर्नका लागि तीन प्रवेशद्वार छन। जसमध्ये दुई वटा सवारी साधन र एउटा मानिस आवतजावतका लागि बनाइएको हो। तरकारी बजारबाट निस्केको फोहर र घरबाट निस्केको फोहर जम्मा भएर आवतजावत नै वन्द भएको छ।

ब्यापारी रमिता लामाका अनुसार दुई महिनादेखि यस क्षेत्रको फोहर ब्यवस्थापनका लागि गाडी आएको छैन। कालीमाटीमा मात्रै होइन उपत्यकाको अन्य स्थानमा पनि फोहर थुप्रिएकाले दैनिक जनजीवनमा असर परेको छ । यात्रुहरुले सास्ती ब्यहोरी रहेका छन् ।

कलङ्की, कालीमाटी, बल्खु, अनामनगर, थापागाउँ, बानेश्वर, कोटेश्वरलगायत स्थानमा लामो समयदेखिको फोहर उठेको छैन। त्यहाँको फोहर सडक किनारामै थुपारिएको छ।  साउन २२ गते काठमाडौं उपत्यकाबाट फोहर बोकेर फोहर फाल्न पुगेका गाडीमा सिसडोलवासीले तोडफोड गरेपछि अहिले फोहोर संकलन नै वन्द भएको छ।

पछिल्लो समय जटिल बनिरहेको उपत्यकाबाट उत्पादित कुहिने फोहर व्यवस्थापनका लागि स्थान पहिचानको काम भइरहेको काठमाण्डौ महानगरपालिकाले जनाएका छन् । 

यता, मेयर बालेन्द्र साह फेल भएको भन्दै तिव्र आलोचना सुरु भएको छ। लेखक खगेन्द्र संग्रौलाले समेत साह फेल भएको भन्दै सरकारसँग सहयोग माग्न आग्रह गरेका छन् । उसो त कार्यपालिका वैठकमै वडाध्यक्षहरुले बालेन्द्र एक्लै हिड्न खोज्दा असफल भएको आरोप लगाएका छन् ।

फोहोर ब्यवस्थापन नगरी खादा र माला लगाउँदिन भन्ने मेयरले ७० दिनसम्म कुनै ठोस कदम नचालेको र आफुहरुसँग सल्लाह पनि नगरेको उनीहरुको गुनासो छ। यसरी आफनो काममा आलोचना हुन थालेपछि अहिले उनी विभिन्न मुद्दा उठाएर फोहोरको समस्यालाई विषयान्तर गर्न थालेको कतिपयको वुझाई छ।

नर्भिक अस्पताललाई संरचना २४ घण्टे अल्टिमेटम दिएका बालेन्द्र भोलीपल्ट आफै पुगेर अस्पतालको संरचना भत्काउने निर्णयवाट पछि हट्नु, अदालतको आदेशलाई चुनौती दिएर नक्सा पास समेत अदालतलाई नै दिदा हुन्छ भन्दै अभिब्यक्ति दिनु र फोहोर ब्यवस्थापनका कारण भ्याईनभ्याई भएर सञ्चारकर्मीसँग समेत नभेट्ने वताउँदै आएका मेयर साह अहिले विभिन्न स्थानमा जाने र त्यसको प्रचार गर्न थाल्नुले उनी मुख्य मुद्दाबाट वाहिरिएको उनीहरु वताउँछन् ।

उनका पछिल्ला कृयाकलाप र अभिब्यक्ति मान्छेको ध्यान फोहोरबाट अन्यत्र मोड्नका लागि मात्रै भएको उनीहरुको आरोप छ।
 

कालीमाटी तरकारी बजार बालेन्द्र साह

विशेष