News अपराध सुरक्षा

सरकारलाई ज्वालाको धम्कीः पेट बोकाएर भाग्नेलाई २४ घण्टाभित्र अदालतमा दाखिला गर

सरकारलाई ज्वालाको धम्कीः पेट बोकाएर भाग्नेलाई २४ घण्टाभित्र अदालतमा दाखिला गर

ज्वाला संग्रौलाले कुमारी आमा निहारिका राजपुतका विषयमा सरकारलाई चेतावनी दिएकी छिन् । उनले सामाजिक सञ्चाल मार्फत २४ घण्टाभित्र पीडकलाई अदालतमा दाखिला नगरे विद्रोह गर्ने चेतावनी दिएकी हुन।

उनले लेखेकी छिन्–‘पेट बोकाएर उत्तरदायीत्वबाट भाग्ने शिबराजलाई जसरी पनि २४ घण्टाभित्र राज्यले गिरफ्तार गरेर अदालतमा दाखिला गरोस् । होईन भने हामी बिद्रोहको तयारी गर्छौं।’

उनले पीडित महिलालाई अधिकारकर्मी र न्यायिक संयन्त्रले कसरी अलपत्र पार्छन भन्ने उदाहरण निकारीका प्रकरण भएको पनि वताएका छिन् । उनले लेखेकी छिन्–‘कसरी अन्याय गर्छन्, बिबेक गुमाउँछन्, कसरी आरोप लगाउँछन, कसरी लाजमर्दो पार्छन र अन्त्यमा अलपत्र पार्छन् नेपालका अधिकारकर्मीहरुका हुल अनि न्यायिक संयन्त्रहरुले भन्ने कुराको ज्वलन्त उदाहरण हुन् कुमारी आमा निहारिका राजपुत ।’

 पेटमा बच्चा बोकाएर भागेको केटो आज राज्यले किन खोज्दैन? भन्दै उनले राज्यलाई प्रश्न पनि उठाएकी छिन् । ‘किन उस्लाई समातेर कानुनी दायरामा ल्याउदैन? किन डिएनए टेस्ट गरिदैन उस्को? यति गर्न नेपालको अदालतलाई के ले रोकेको छ ?’ उनी भन्छिन्–‘यदि निहारिकाको ठाउमा कुनै नेताकी छोरी भैदिएको भए उनलाई टाढैबाट हेर्ने युवकको आंखा चिम्टाले झिक्थे होला यो देशका गृहमन्त्रीले। तर उनी सामान्य गरिबकी छोरी परिन् तसर्थ अन्याय सहँदा सहँदै अन्त्यमा अस्पतालको मानसिक कक्षमा भर्ना हुन पुगिन ।’

केटाले त अन्याय गर्यो–गर्यो तर उनलाई न्याय दिन्छु भनेर पाखुरा बजार्ने र थुतुनो बजाउनेहरुले नै आज उनलाई यो स्थितिमा पुर्याएको संग्रौलाको दावी छ। ‘सुरुबाटै जिम्मा लिनेले यो केशलाई बिना कुनै लोभ र डर अडिग भएर फलोअप गरिदिएको भए आज उनको यो हालत हुने थिएन। हिजो उनको नाम भजाएर मिडियामा देखा परेका जालिम चेहराहरु कता भूमिगत भए?’ उनले लेखेकी छिन्–‘चाहे निहारिका बलात्कृत भएकी हुन् अथवा प्रेम सम्बन्ध बाटै गर्भवती बनेकी हुन्। अब यो डिबेटको बिषय हुदै होईन र हुनु पनि हुदैन । बस् पेट बोकाएर उत्तरदायीत्वबाट भाग्ने शिबराजलाई जसरी पनि २४ घण्टाभित्र राज्यले गिरफ्तार गरेर अदालतमा दाखिला गरोस् । होईन भने हामी बिद्रोहको तयारी गर्छौं।’

यो पनि,

निहारिका राजपुत ज्वाला संग्रौला

विशेष