इँटा बोकेको ट्रक त्रिशूलीमा खस्यो
![इँटा बोकेको ट्रक त्रिशूलीमा खस्यो](https://nepalaaja-files-storage.sfo2.cdn.digitaloceanspaces.com/uploads/username-4_4/2021/12/accident-durghatana-nepalaaja-3564.jpg)
इँटा बोकेको ट्रक शनिवार विहान मुग्लिन नजिकै त्रिशूली नदीमा खसेको छ । प्रहरीका अनुसार त्रिशूलीमा खसेको ट्रकको केही भागमात्रै देखिएको छ ।
इच्छाकामना गाउँपालिका–५ स्थित नाग्दी खोला भन्ने ठाउँबाट बिहान ९ बजे ट्रक त्रिशूली नदीमा खसेको जिल्ला प्रहरी कार्यालय चितवनले जनाएको छ।
एसपी नवराज अधिकारीका अनुसार अहिले मुग्लिनबाट प्रहरी टोली घटनास्थल पुगेको र उद्दारको प्रयास भईरहेको छ। ट्रकमा को–को थिए र कति जना थिए खुलेको छैन। ट्रकको नम्वर समेत नखुलेको प्रहरीले जनाएको छ।