News राजनीति

के चुनाव जित्न धरमर छ ओलीलाई, लिङ्देनसँग किन खोज्दैछन समर्थन ?

के चुनाव जित्न धरमर छ ओलीलाई, लिङ्देनसँग किन खोज्दैछन समर्थन ?

मंसिर ४ गते हुने प्रदेश र प्रतिनिधि सभाको निर्वाचनका लागि सत्ता गठवन्धन तयारी जुटेपछि नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओली र राप्रपा अध्यक्ष राजेन्द्र लिङ्देनबीच पनि भेटवार्ता भएको छ।

अध्यक्ष ओली र लिङ्देन बीच शुक्रवार साँझ भेटबार्ता भएको हो। उनीहरु बीच आगामी चुनावमा तालमेल गरेर जाने विषयमा छलफल भएको जनाईएको छ।

गठबन्धन गरेर जानेलगायत विषयमा कुरो भए पनि निर्णयमा भने नपुगेको श्र्रोतले जनाएको छ। लिङ्देन झापा ३ मा चुनाव लड्दैछन। ०७४ मा पनि नेकपा एमाले र नेकपा माओवादी केन्द्रसहित वामगठबन्धनले लिङ्देनलाई समर्थन गर्दा लिङ्देन विजयी भएका थिए।

उनले नेपाली काङ्ग्रेसका कृष्ण सिटौलालाई हराएका थिए। यसपटक पनि झापा ३ मा सिटौला र लिङ्देनबिच चुनावी प्रतिस्पर्धा हुने देखिएको छ।

अर्कोतर्फ केपी शर्मा ओली पनि लिङ्देनकै सहयोगमा झापा ५ बाट भारी मतान्तरले विजयी भएका थिए । ०७४ को निर्वाचनमा ओलीले नेपाली कांग्रेसका खगेन्द्र अधिकारीलाई २७ हजार ८ सय ४२ मतान्तरले पराजित गरेका थिए।
 

केपी शर्मा ओली राजेन्द्र लिङ्देन

विशेष