News

निहारिका प्रकरणमा नायिका करिश्मा विवादमा, ज्वाला संग्रौलाले दिईन यस्तो जवाफ

निहारिका प्रकरणमा नायिका करिश्मा विवादमा, ज्वाला संग्रौलाले दिईन यस्तो जवाफ

आफुमाथि बलात्कार गर्नेलाई अदालतले पनि कारवाही नगरेको आरोप लगाउँदै शुक्रवार राष्ट्रपति कार्यालय अगाडि आत्मदाहको प्रयास गर्ने निहारिका राजपुतको ‘बलात्कार नभएको’ भन्ने आसयमा अभिब्यक्ति दिएपछि नायिका करिश्मा मानन्धर विवादमा परेकी छिन् ।

महिला भएर महिलाको विपक्षमा बोलेको भन्दै सामाजिक सञ्जालमा उनको आलोचना भईरहेको छ। यदि बलात्कार नभई सहमतिमै बच्चा जन्मिएको भएपनि एउटी किशोरीलाई यो अवस्थामा पुर्याएर केटाले जिम्मेवारीबाट भाग्न नेपाउने आसयमा कतिपयले करिश्मालाई गैरजिम्मेवार ठहर्याएका छन्।

निहारिकाको गर्भावस्था र आरोपित शिवराज श्रेष्ठसँग उनले खिचाएका फोटोसहित करिश्माले फेसवुकमा लेखेकी छिन्–‘यो केसको स्वरुप थाहा नपाई सहयोग गर्न अगाडि सरेकोमा सबैसँग माफी चाहान्छु । अब उपरान्त भोकोलाई खाना र नाङ्गोलाई लुगा बाहेक रुपैयाँको सहयोग गर्न म सक्दिन । निहारिकाको सडकको बिजोग हेर्न नसकेर अगाडि बडे ! निहारिका ! आमाबुवासँग माफी माग, बच्चालाई आसर पर्छ, तिम्रो जीवनमा असर पर्छ । आफुलाइ दुख नदेउ । कत्ती नावालिक जो साच्चिकै पिडित छन तिनको मुद्दामा असर पर्छ । राज्य, न्यायपालिकाले यो केसको गहिरो छानबिन गरोस । म भ्रममा परेको हु कि ? तर सधै सत्य को साथमा छु । यो सब हेरेपछि के गरु म ?’

निहारिकाले आत्मदाहको प्रयास गरेको केही घण्टापछि नै उनको यो भनाई सार्वजनिक भएको थियो। न्यायको माग गर्दै अनसन बस्दै आएकी निहारिकालाई यसअघि करिस्माले छोरीका रुपमा लिँदै उनी र उनका छोराको लालनपालनका लागि आफू तयार रहेको घोषणा  गरेकी थिइन्। 

तर, उनले आफ्नो फेसबुक स्टाटसमा आफू भ्रममा परेको हुँ कि भन्दै निहारिकालाई नै दोषी देखाउन खोजेको देखिएको छ। उनको अभिब्यक्तिपछि ज्वाला संग्रौलाले उनलाई कटाक्ष गरेकी छिन् । उनले लेखेकी छिन्–‘तपाइबाट यसरी गैरजिम्मेवार अभिब्यक्ति आउनु र पीडितको फोटो पोस्ट्याउनु दुखद हो। तपाई के प्रमाणित गर्न चाहनु हुन्छ? निहारिका बलात्कृत थिईनन् उनको प्रेम थियो र बच्चा भो? यहि होईन? यदि हो भनेपनि निहारिकालाई सम्बन्ध राखेर केटो भाग्न पाउछ? निहारिकाले केटाको डिएनए टेस्ट माग गरिरहेकी छिन्। एउटी महिला भएर सोच्नुस् । फिल्मको मात्र होईन वास्तविक जीबनको नायिका बन्नुस् । बचपन नदेखाउनुस्। उनको शरीरमाथी केटाले त खेल्यो खेल्यो, उनको भावनामाथी खेल्न तपाई हामीलाइ छुट छैन !’

यसैगरी मनिषा चम्लागाईले ‘प्रेम सम्बन्ध थियो भने पनि केटी गर्भवती भएपछि भाग्न मिल्छ ? बच्चाको जिम्मा लिनु पर्दैन ? के निहारिकाले बच्चाको डीएनए टेस्ट गराइदेउ भन्ने हक राख्दिनन् ? अर्को कुरा, प्रेम सम्बन्धमा पनि बलात्कार हुन सक्छ । विवाहको आश्वासन दिएर शारीरिक स्वार्थ पूरा गरेपछि छाडेर हिँड्छ भने त्यो पनि बलात्कारसरह हो । करिश्मा आन्टी निहारिकाको स्थानमा एक पटक आफ्नी छोरीलाई राखेर हेरिदिनुहोस् । हेर हाम्रा देशका नायिकाको सोच्ने क्षमता । दया लाग्यो आन्टी तपाईं प्रति ।’

रशना ढाकालले पनि निहारिका कुनै न कुनै कोणबाट पीडित नै भएको दावी गर्दै प्रभावितको अनुमति नलिई फोटो सार्वजनिक गरेकोमा आपत्ति जनाएकी छिन् । ‘करिशमा दिदी निहारिकाको घटनाको वास्तविकता के हो ? यो राज्य ले बुझ्छ जे भएनी गर्ने राज्य ले नै हो । कुनै न कुनै कोणबाट उनी पिडामा छिन’ उनले लेखेकी छिन्–‘तर सहि बाहिर आउनु पर्छ । तमाम प्रभावितहरुलाइ असर पर्छ यस्तो घटनाले । हजुरले उनी प्रती देखाउनु भएको सहानुभूति आफैमा ठिक छ । हामी भित्र मानवता छ भन्ने उदाहरण हो । तर दिदि जे जस्तो भएनी प्रभावितको अनुमति नलिइ फोटो सार्वजनिक गर्न मिल्दैन र पाइदैन । बरु यो स्ट्याटस हटाइ दिनु बिन्ती छ दिदी हजुर सङ ।’

तर, कतिपयले भने मिलिजुली सम्वन्ध वनाएर बलात्कारको आरोप लगाएको भन्दै करिश्माको समर्थन गरेका छन् । दिपेन्द्र ‘अश्रुमाली’ले लेखेका छन्–‘मिलि मिली गर्ने अनि बलात्कार मुद्दा हालेर बीस बर्ष जेल हाल्न खोज्ने मान्छे ठिक हैन । यहाँ कुरै नबुझी गाली गर्नेहरु देख्दा पो अचम्म लाग्छ।’

गणेश खड्काले ‘सहि भन्नु भो करिष्मा दि, नेपालमा मोजमस्ति गर्दै दुखभएपछि सरकार र न्यायलयलाई दोष दिन्छन् । सुख भए मेरो भाग्य दुख भए अरुलाई दोष’ भन्दै उनको समर्थन गरेका छन् ।

यो पनि,
राष्ट्रपति कार्यालय अगाडि निहारिकाद्वारा आत्मदाहको प्रयास

निहारिका राजपुत करिश्मा मानन्धर ज्वाला संग्रौला

विशेष