News

बच्चाको डिएनए टेस्ट गर्न आमाले जल्न तयार हुनु पर्ने ? यो अति होः बालेन्द्र

बच्चाको डिएनए टेस्ट गर्न आमाले जल्न तयार हुनु पर्ने ? यो अति होः बालेन्द्र

काठमाण्डौं महानगरपालिकाका मेयर बालेन्द्र साहले कुमारी आमा निहारिका राजतपुतको पक्षमा समर्थन जनाएका छन् । आज टिचिङ अस्पताल पुगेर निहारिकालाई भेटेर बालेन्द्रले उनको पक्षमा समर्थन जनाएका हुन।

न्याय माग गर्दै आमरण अनशनमा रहेकी निहारिका राजपूतलाई भेटेपछि उनले बच्चाको डीएनए टेस्ट गर्ने सामान्य माग पूरा नभएकोमा आक्रोश ब्यक्त गरेका छन् । ‘आफ्नो बच्चाको डिएनए टेस्ट गरिदे मात्रै त भनेको रै’छ । यति गर्न एउटी आमाले जल्न तयार हुनु पर्ने ? यो अति हो । यो अत्याचार हो । कानूनी राज्य यस्तो हुँदैन । अभिभावक भनिने राज्य यस्तो हुनु हुँदैन ।’

गत शुक्रवार आफूलाई बलात्कार गर्नेमाथि कारबाही हुनुपर्ने र बच्चा एवं उनका बाबुको डीनएन परीक्षण हुनुपर्ने माग गर्दै शीतल निवास अगाडि निहारिकाले आत्मदाहको प्रयास गरेकी थिइन्। उनलाई अहिले शिक्षण अस्पतालको मानसिक वार्डमा राखिएको छ।

यो पनि,
निहारिका प्रकरणमा नायिका करिश्मा विवादमा, ज्वाला संग्रौलाले दिईन यस्तो जवाफ

बालेन्द्र साह

विशेष