News

अरनिको राजमार्ग भासिएपछि चीन आवतजावत वन्द, पहिरोले एक जनाको मृत्यु

अरनिको राजमार्ग भासिएपछि चीन आवतजावत वन्द, पहिरोले एक जनाको मृत्यु

फाईल फोटो।
सिन्धुपाल्चोकको भोटेकोशी गाउँपालिका ४ डाक्लाङमा अरनिको राजमार्ग अन्तर्ग भासिएपछि तातोपानी हुँदै चीन आवतजावत गर्ने बाटो वन्द भएको छ। 

सोमवार बिहान करिब ५ बजे उक्त सडक भासिएको हो। जिल्ला प्रहरी कार्यालय सिन्धुपाल्चोकका अनुसार अन्दाजी २० मिटर सडक भासिएको हो ।

सडक मर्मत गरेर यातायातका साधन सन्चालन गर्न सडक विभागसँग समन्यव भइरहेको प्रहरीले जनाएको छ। 

यता आईतवार साँझदेखिको भारी वर्षाका कारण पोखरा महानगरपालिका–१३, कमलपोखरी क्षेत्रका १ सय बढी घर डुबानमा परेका छन् । काहुँखोलाबाट आएको पानीले गाउँ डुबानमा परेको र थुनिएका क्षेत्रमा पानीको निकास दिने काम भईरहेको वडाध्यक्ष किरण बरालले जानकारी दिए ।

यस्तै, पोखरा महानगरपालिका–६ डिहिकोपाटन पँधेरोमा पहिराले घर पुरिँदा एक जनाको मृत्यु भएको छ। पहिराले पुरिएर स्थानीय लक्ष्मी खड्का क्षेत्रीको एक तलाको कच्ची घरको कोठा भत्किँदा कोठा भाडामा बस्ने वर्ष २६ का सन्तोष सुनारको मृत्यु भएको हो।

घटनामा घाइते भएका सुनारलाई उद्धार गरी उपचारका लागि पश्चिमाञ्चल क्षेत्रीय अस्पतालमा लगिएकामा चिकित्सकले मृत घोषणा गरेको जिल्ला प्रहरी कार्यालय कास्कीका डिएसपी सुन्दर तिवारीले बताए।

कास्कीको माछापुच्छे गाउँपालिका–१ भुर्जुङखोला घर भई सोही घरमा बस्ने सन्तोषकी दिदी २७ वर्षीया सुनिता सुनार घाइते छिन्। उनको गण्डकी मेडिकल कलेजमा उपचार भइरहेको छ। 

विशेष