News

उपेन्द्र र बाबुरामका कार्यकर्ता देखाउँदै संग्रौलाले भने– छ्या!

उपेन्द्र र बाबुरामका कार्यकर्ता देखाउँदै संग्रौलाले भने– छ्या!

लेखक खगेन्द्र संग्रौलाले उपेन्द्र यादव र बाबुराम भट्टराईका नेता/कार्यकर्तालाई लक्षित गर्दै ‘छ्या’ भनेर टिप्पणी गरेका छन् । उनीहरुको पछाडि देखिएका कार्यकर्ता पद र पैसाका लागि बिक्रीको लाममा खडा भएको भन्दै उनले यसरी टिप्पणी गरेका छन् ।

अहिले हरेक पार्टीमा सिद्धान्त र आदर्श एवम् नैतिकता र इमान हराएको भन्दै उनले हरेक पार्टीको फुटले अवसरबादलाई मलजल गरिरहेको भन्दै बावुराम र उपेन्द्रको उदाहरण दिएका हुन।

ट्वीटरमा उनले लेखेका छन्–‘हरेक पार्टीको हरेक फुटले अवसरवादलाई थप मलजल गर्छ। बाबुराम र उपेन्द्र गुटको फुटको अन्तर्यमा पसेर यसो हेर्नाेस्त। त्यहाँ एकाध अपबादलाई छाडेर कार्यकर्ताहरू सिद्धान्त र आदर्श एवं नैतिकता र इमानका आधारमा यताउता लागेका होइन, पद र पैसाका लागि बिक्रीको लाममा खडा भएका देखिन्छन्। छ्या!’
 

खगेन्द्र संग्रौला

विशेष