News

काठमाण्डौको फोहोर बोकेर बन्चरे डाँडा हिडेका गाडी बाटोमै रोकिए

काठमाण्डौको फोहोर बोकेर बन्चरे डाँडा हिडेका गाडी बाटोमै रोकिए

काठमाडौं महानगरपालिकाको होहोर विसर्जन गर्न बन्चरेडाँडा ल्याण्डफिल साइट पुगेका गाडीलाई अवरोध गरिएको छ। सबै गाडीहरुलाई स्थानीय राजनीतिक दलका प्रतिनिधिहरुले बीच बाटोमै रोकेका छन् ।

आईतवार धादिङको धुनिबेशी नगरपालिका–१ का कांग्रेस सभापति पूर्णबहादुर तामाङ, माओवादी केद्रका अध्यक्ष विष्णु तामाङ र एकीकृत समाजवादीका अध्यक्ष भीषण धितालले संयुक्त विज्ञप्ति निकालेर बञ्चरेडाँडामा फोहोर फाल्न नदिन घोषणा गरेका थिए ।

सत्तारुढ तीन दलका स्थानीय नेताहरुले फोहोर खसाल्न नदिने घोषणा गरेको थिए। तर, सोमवार नेकपा एमाले र राप्रपाका स्थानीय नेताहरुले पनि उनीहरुलाई साथ दिएपछि फोहोर बोकेका गाडी अगाडि वढ्न नसकेको जनाईएको छ।

आईतवार भने २५ वडा गाडीले फोहोर विसर्जन गरेका थिए । आजै दिउँसो सबै दलले संयुक्त वक्तव्य निकाल्ने तयारी गरेका छन् । स्थानीयवासीले भने दलहरुले फोहोर राजनीति सुरु गरेको वताएका छन् ।

पीडितका दलका प्रतिनिधिहरुले आफनो स्वार्थपुर्तीका लागि गाडी रोकेको उनीहरुको आरोप छ। 
 

विशेष