News विदेश

चर्चमा आगलागी हुँदा १५ बालबालिकासहित ४१ जनाको मृत्यु

चर्चमा आगलागी हुँदा १५ बालबालिकासहित ४१ जनाको मृत्यु

इजिप्टको कोप्टिकस्थित एउटा चर्चमा आगलागी हुँदा १५ बालबालिकासहित ४१ जनाको मृत्यु भएको छ। राजधानीको उत्तर पश्चिमस्थित इम्बाबामा रहेको अबु सिफाइन चर्चमा आगलागी भएको थियो।

उद्धारमा खटिएका चार प्रहरीसहित १६ जना घाइते भएका छन्। आगलागीको कारण भने खुलिसकेको छैन। तर, विद्युत सर्ट भएर आगो लागेको हुनसक्ने प्रहरीको प्रारम्भिक अनुमान छ।

आगलागी नियन्त्रण गर्न सम्भाव्य सबै कदम चालिएको राष्ट्रपति अबदेल फताह अल सिसीले बताएका छन्। 

कोप्टिक मध्यपूर्वमा सबैभन्दा ठूलो ईसाई समुदाय हो।  इजिप्टको १०३ मिलियनमध्ये १० मिलियन मान्छे यो समुदायअन्तर्गत पर्छन्।
 

विशेष