News

फोहोर ब्यवस्थापनका लागि सरकारले बन्चरेडाँडामा फेरी पठायो प्रहरी

फोहोर ब्यवस्थापनका लागि सरकारले बन्चरेडाँडामा फेरी पठायो प्रहरी

सरकारले काठमाण्डौको फोहोर ब्यवस्थापन गर्न फेरी प्रहरी परिचालन गरेको छ। काठमाडौं उपत्यकाबाट फोहोर बोकेको गाडीलाई सत्तारुढ दलकै प्रतिनिधिहरुले अवरोध गरेपछि प्रहरी परिचालन गरिएको हो।

बन्चरेडाँडामा सरकारले सयौंको संख्यामा प्रहरी परिचालन गरेको छ। फोहोर बोकेर बन्चरेडाँडा ल्याण्डफिल साइट पुगेका २५ वटा गाडी आईबार फोहोर खन्याएर फर्किएपछि सोमवार विहानै अरु गाडी पनि त्यसतर्फ लागेका थिए । तर, गाडीलाई राजनीतिक दलका प्रतिनिधिसहितको स्थानीय वासिन्दाको टोलीले विहानदेखि नै अवरोध गरेका छन् ।

आइतबार नेपाली कांग्रेस, नेकपा माओवादी केन्द्र र एकीकृत समाजवादी पार्टीको धादिङको धुनिवेशी नगरपालिका समितिले संयुक्त विज्ञप्ति जारी गरी बञ्चरेडाँडामा फोहोर फाल्न नदिने घोषणा गरेका थिए । उनीहरुलाई नेकपा एमाले र राप्रपाका नेताले पनि साथ दिएका छन् ।

राजनीतिक दलहरुको अवरोधका कारण सोमबार बिहान काठमाडौंबाट गएका कुनै पनि गाडीले ल्याण्डफिल साइटमा फोहोर खसाल्न पाएका छैनन् । जिल्ला प्रहरी कार्यालय नुवाकोटले फोहोरको गाडीमा भएको अवरोध हटाउन २५० जना प्रहरी परिचालन गरिएको बताए ।

नुवाकोट, धादिङ र काठमाडौं परिसरबाट प्रहरी खटिएको एसपी रमेश पाण्डेले जानकारी दिए । उनका अनुसार धादिङतर्फ स्थानीयले ४० वटा ट्रकहरु सडकमै तेस्र्याएर राखेका छन् । अहिले आन्दोलनकारीहरुलाई प्रहरीले चारैतिरबाट घेरा हालेको स्थानीयले जनाएका छन् ।

यसअघि फोहोर बोकेर गएका गाडी अज्ञात समुहले तोडफोड गरेको थियो। ति ब्यक्तिलको खोजी भईरहेको प्रहरीले जनाएको छ। 
 

विशेष