News

प्रचण्डलाई बालेन्द्रको प्रश्नः कहिलेसम्म ठेकेदारको अंगरक्षक वस्ने ?

प्रचण्डलाई बालेन्द्रको प्रश्नः कहिलेसम्म ठेकेदारको अंगरक्षक वस्ने ?

काठमाण्डौं महानगरपालिकाका मेयर बालेन्द्र साहले कहिलेसम्म ठेकेदार सारदा प्रसाद अधिकारीको अंगरक्षक वस्ने भनेर नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहालको आलोचना गरेका छन् । हिलोले अस्तब्यस्त ककनीको बाटोको भिडियो सामाजिक सञ्जालमा शेयर गर्दै उनले यस्तो ब्यंग्य गरेका हुन।

फेसबुकमा उनले दाहालको नैतिकतामाथि पनि प्रश्न उठाएका छन् । ककनी सडकको निर्माणको जिम्मा शैलुङ कन्स्ट्रक्सनले पाएको छ । यो ठेकेदार कम्पनीका सञ्चालक शारदाप्रसाद अधिकारी हुन्।

अध्यक्ष दाहाल उनै अधिकारीको घरमा वस्दै आएका छन् । यसैको फाईदा उठाएर अधिकारीले अधिकांश योजना अधुरो छोडेको र कसैले कारवाही पनि गर्न नसकेको आरोप लाग्दै आएको छ।

यही विषयलाई लक्षित गरी बालेन्द्रले लेखेका छन्, ‘श्रीमान प्रचण्डज्यू ! उपत्यकाको फोहोर लैजान प्रयोग गरिने ककनीको बाटो विगत ८ बर्ष देखि यस्तो हालतमा बनाउने मान्छेको घरमै अङ्गरक्षक जस्तो बसेर कुन नैतिकताले भन्नु म देश बनाउँदै छु भनेर ?’

http://

बालेन्द्र साह पुष्पकमल दाहाल सारदा प्रसाद अधिकारी

विशेष