News

निहारिका प्रकरणमा आरोपित शिवराज श्रेष्ठ पक्राउ

निहारिका प्रकरणमा आरोपित शिवराज श्रेष्ठ पक्राउ

निहारिका राजपुतले बलात्कारको आरोप लगाएका शिवराज श्रेष्ठ पक्राउ परेका छन् । उपत्यका अपराध महाशाखा र जिल्ला प्रहरी कार्यालय, धनुषाको टोलीले श्रेष्ठलाई पक्राउ गरेको हो।

धनुषाकी निहारिका राजपुतले आफूमाथि बलात्कार भएको र बलात्कारबाट बच्चा जन्मिएको बताउँदै उनलाई पक्राउ गर्न, बच्चाको डिएनए परिक्षण गर्न लगायतका विभिन्न आरोप लगाउँदै आएकी छिन् ।

आरोपी शिवराजलाई कारबाही तथा बच्चाको डीएनए परीक्षणको माग गर्दै उनले काठमाण्डौंमा आन्दोलन गर्दै आएका छिन् । गत शुक्रवार उनले राष्ट्रपति कार्यालय अगाडि नै आत्मदाहाको प्रयास गरेकी थिईन।

त्यसअघि उनी माइतीघर मण्डला र बसन्तपुरमा आमरण अनशनमा बसिन। त्यसवेला सरकारले उनीसग ५ वुँदे सम्झौता गरेको थियो। तर, सरकारले सहमति कार्यान्वयन नगरेको भन्दै उनी पुनः आन्दोलित भएकी छिन् । 

यो पनि,

निहारिका राजपुत

विशेष