News

नेपालले भारतको भुमी मिचेको भन्दै भारतीय मिडियामा कोकोहोलो

नेपालले भारतको भुमी मिचेको भन्दै भारतीय मिडियामा कोकोहोलो

भारतले नेपालसँगको सीमा अतिक्रमण गरेका घट्ना कयौं पटक सार्वजनिक भएका छन्। तर, पछिल्लो पटक नेपालले भारतको जग्गा मिचेर पक्कि संरचना तथा छाप्रा निर्माण गरेको र पसल समेत संचालन गरेको भन्दै भारतीय मिडियाले समाचार सार्वजनिक गरेका छन् ।

भारतीय मिडिया नवभारत टाईम्सले ‘ उत्तराखंड ः नेपाल की गुस्ताखी... बोर्डर पर भारत की ५ हेक्टेयर जमीन पर किया अतिक्रमण, बनाए मकान और दुकानें’ भन्दै समाचार बनाएको छ। समाचार अनुसार उत्तराखण्डको चंपावत स्थित भारत–नेपाल सीमामा नेपालले भारतको पाँच हेक्टर जमीन अतिक्रमण गरेको छ।

सशस्त्र सीमा बल (एसएसबी) का अधिकारीलाई उध्रित गर्दै समाचारमा भनिएको छ–‘एसएसवीले केन्द्रीय गृह मन्त्रालयलाई यो विषयमा रिपोर्ट पठाएको छ। वन विभागले पनि नेपालको अतिक्रमणको विषयलाई लिएर रिपोर्ट पठाएको छ। वन विभागका अनुसार विगत तीन दशकमा यो जनिमन अतिक्रमण गरिएको हो। यहाँ पक्की भवनका साथै अस्थायी झोपडी र पसले नाईएको छ।’

सीमा सशस्त्र बल (एसएसबी) का असिस्टेन्ट कमाण्डेड अभिनव तोमरले भारतको भुमिमा नेपालको अतिक्रमण नयाँ नभएको वताएका छन् । नव भारत टाईम्सलाई उनले वताए अनुसार यसको समाधान अव सर्वे अफ इण्डिया र सर्वे अफ नेपालको टिमले गर्ने छ।

यता, वन विभागका अनुसार जिल्लाको टनकपुर शारदा क्षेत्रदेखि भारत–नेपाल सीमाको शारदा टापूसम्म कयौ स्थानमा नेपालले ३० वर्षदेखि अतिक्रमण जारी राखेको उक्त पत्रिकाले जनाएको छ। टनकपुरका रेंजर महेश बिष्टलाई उध्रित गर्दै समाचारमा भनिएको छ–‘सीमामा लगाईएको भारतीय वन क्षेत्रमा करीब पाँच हेक्टर भूमिमा नेपालको अतिक्रमण छ।’

सीमा अतिक्रमण

विशेष