News

क्याप्टेनको नेतृत्वमा १६ जना अमेरिकी सेना किन आए नेपाल ?

क्याप्टेनको नेतृत्वमा १६ जना अमेरिकी सेना किन आए नेपाल ?

नेपाली सेना र अमेरिकी सेनाबीच साउन ३१ गतेदेयिख एक महिने संयुक्त तालिम सुरु भएको छ। यो तालिम भदौ ३१ गतेसम्म सञ्चालन हुने छ। 

जंगी अड्डाका अनुसार विसं २०६० सालदेखि नेपाली सेना र अमेरिकी सेनाबीच सञ्चालन हुँदै आएको ‘एक्स ब्यालेन्स नेल’ को यो उनन्चालिसौँ संस्करण हो। तालिममा नेपाली सेनाबाट ८० जना तथा अमेरिकी सेनाका १६ जना गरी जम्मा ९६ जना सम्मिलित हुनेछन्। 

नेपाल सरकार, रक्षा मन्त्रालयको स्वीकृतिमा नेपाली सेनाको श्री सिंह महावीर योजना तथा समन्वय महाशाखा अन्तर्गत रहेका रेञ्जर गणहरू र अमेरिकी सेनाको टुकडीबीच ‘एक्स ब्यालेन्स नेल’ सञ्चालन हुने जनाईएको छ। 

उक्त संयुक्त तालिम र अभ्यास ‘ल अफ आर्मड कन्फ्लिक्ट (एलओएसी), मिलीटरी डिसिजन मेकिङ प्रोसेस (एमडीएमपी)’ लगायतका विषयहरुमा केन्द्रित रही छाउनी र नगरकोट इलाकामा सञ्चालन गर्ने योजना रहेको छ।

संयुक्त अभ्यासमा सहभागिताको लागि अमेरिकी सेनाको टुकडी क्याप्टेन ब्याक डुकेटलको कमाण्डमा अभ्यासका लागि आवश्यक पर्ने सैन्य सामग्रीसहित सोमबार नेपाल आइपुगेको सेनाले जनाएको छ। 
फोटोः गुगल

विशेष