एक महिनादेखी हराएकी महिला र एक पुरुषको शव होटलमा भेटियो

बुटवलको तिनाउ पुल पारी फूलबारी चोकमा रहेको कारिकोट होटलको कोठामा एक महिला र पुरुष मृत फेला परेका छन् । धादिङ घर भएका ३५ वर्षका सीताराम भुजेल र करिव ३३ वर्षीया पुष्पा मृत फेला परेका हुन। महिलाको थर र ठेगाना पत्ता लागेको छैन।
धादिङको कुमपुर–५ निवासी पुरुष र महिला आइतबार राति त्यस होटलको १३४ नं. कोठामा बस्न आएको इलाका प्रहरी कार्यालय बुटवलका प्रहरी निरीक्षक सन्तोष घिमिरेले वताए। सोमवार विहान हेर्दा उनीहरु मृत फेला परेको जनाईएको छ।
पुष्पाको घर दाङ बताईए पनि आधिकारिक पुष्टि भएको छैन । उनी डेढ महिनादेखि हराएको र पति विदेशतिर रहेको खुलेको छ । युवती पलङमा उत्तानो परेको अवस्थामा र युवक कोठाको पंखामा झुन्डिएको अवस्थामा मृत फेला परेका छन् ।
तन्ना र टावेलमा रगत पोतिएकाले युवतीको हत्या गरी भुजेलले पनि आत्महत्या गरेको हुन सक्ने अनुमान गरिएको छ।
दुवै जनाको शव पोष्टमार्टमका लागि लुम्बिनी प्रादेशिक अस्पतालमा पठाइएको र रिपोर्ट आउन बाँकी रहेको उनले घिमिरेल बताए । घटनाको अनुसन्धान भईरहेको प्रहरीले जनाएको छ।