News

माईकिङ्ग गरेर बन्चरेडाँडाबासीको प्रहरीलाई चेतावनी– मुठभेड हुन सक्छ

माईकिङ्ग गरेर बन्चरेडाँडाबासीको प्रहरीलाई चेतावनी– मुठभेड हुन सक्छ

कुनै ठाउँमा मुडभेडको अवस्था तथा तितरवितर गर्नु पर्ने अवस्था भए सामान्यतया प्रहरीले माईकिङ्ग गरेर सचेत गराउने प्रचलन छ। हामीले देख्दै आएको र प्रचलनमा रहेको तरिका यही नै हो।

तर, काठमाण्डौं महानगरपालिकाको फोहोर ब्यवस्थापनका क्रममा यो बञ्चरेडाँडामा सर्वसाधारणले नै माइकिङ्ग गरेर प्रहरीलाई सचेत गराएका छन् । विहानैदेखि नै फोहोर बोकेको गाडी रोकेका स्थानीयले प्रहरी र सवारी चालकलाई जबरजस्ती नगर्न भनेका छन् ।

उनीहरुले महानगर स्थानीयको माग प्रति गैर–जिम्मेवार भएको भन्दै ‘५० हजार मान्छे मार्न खोजेको’ आरोप लगाएका छन् । स्थानीयले माइकिङ गरेर झुटो मुद्दा खारेज गर्न र दमन रोक्न प्रहरी समक्ष माग गरेका छन् । माग पुरा नभए स्थिति मुठभेडतर्फ जाने उनीहरुको चेतावनी छ।

नुवाकोटको ककनी गाउँपालिका र धादिङको धुनीवेशी नगरपालिकाको क्षेत्रमा सडकमा युवाहरु जम्मा भएका छन् भने डाँडा–डाँडामा महिला र वृद्धवृद्धाहरु गएर बसेका छन् ।

काठमाडौं महानगरपालिकाले सोमबार करिव ३ सय प्रहरी परिचालन गरेर २ सय ३ गाडी फोहोर विसर्जन गरेको थियो। काठमाडौं महानगरपालिकाका मेयर बालेन्द्र साहले सत्तारुढ दलकै नेताको अवरोधका कारण फोहोर ब्यवस्थापनमा अबरोध भएको आरोप लगाएका थिए ।
 

विशेष