News

नागरिकता विधेयक प्रतिनिधि सभाबाट हुवहु भोली नै पारित गर्ने तयारी

नागरिकता विधेयक प्रतिनिधि सभाबाट हुवहु भोली नै पारित गर्ने तयारी

सत्तारुढ दलले राष्ट्रपति विद्यादेवी भण्डारीबाट संदेशसहित फिर्ता आएको नागरिकता विधेयक प्रतिनिधिसभाबाट जस्ताको तस्तै पारित गर्ने तयारी गरेका छन् । विधेयक प्रतिनिधिसभाबाट भोलि नै पारित गर्ने तयारी छ ।

बिहीबार बस्ने प्रतिनिधिसभाको सम्भावित कार्यसूचीमा राष्ट्रपतिबाट फिर्ता आएको नागरिकता विधेयक पारित गर्ने कार्यसूची छ ।

राष्ट्रपतिले फिर्ता पठाएको विधेयक सत्ता गठवन्धनले जस्ताको तस्तै राष्ट्रपतिकहाँ पठाउने निर्णय गरिसकेका छन् । बुधवार बालुवाटारमा बसेको गठबन्धनको बैठकले उक्त विधेयक संसदबाट पुनः पारित गरेर प्रमाणीकरणका लागि शीतल निवास पठाउने निर्णय गरेको हो ।

राष्ट्रपति विद्यादेवी भण्डारीले उक्त विधेयक १५ दिनपछि संसदमा नै पुनर्विचार गर्न भनी टिप्पणसहित साउन २९ गते फिर्ता पठाएकी थिईन। सो विधेयक फिर्ता भएको पत्रसहित बुधवारको प्रनिनिधि सभा बैठकमा पेश भइसकेको छ ।

पुनः छलफलका लागि संसदमा पेश भएको उक्त विधेयकलाई गठबन्धनका शीर्ष नेताहरुको बैठकले हुबहु राष्ट्रपतिकहाँ पठाउने निर्णय गरेको स्रोतको भनाइ छ । यद्यपि संसदले यसलाई कसरी अघि बढाउँछ भन्ने हेर्न बाँकी छ ।


 

विशेष