News

दार्चुलाको शैल्यशिखरमा जिप दुर्घटना, ५ जनाको घटनास्थलमै मृत्यु

दार्चुलाको शैल्यशिखरमा जिप दुर्घटना, ५ जनाको घटनास्थलमै मृत्यु

दार्चुलाको शैल्यशिखर नगरपालिका–६ स्थित उल्लानीमा जिप दुर्घटना हुँदा ५ जनाको घटनास्थलमै मृत्यु भएको छ । 

गोकुलेश्वरबाट जिल्ला सदरमुकाम खलंगा जाँदै गरेको से १ ज ५५१ नम्बरको जिप बुधबार अपराह्न मालिकार्जुन मन्दिर जाने गेटबाट १ किलोमिटर गोकुलेश्वर तर्फको क्षेत्रमा दुर्घटना भएको थियो।

दुर्घटनामा ४ पुरुष र एक महिलाको घटनास्थलमै मृत्यु भएको जिल्ला प्रहरी कार्यालयले जनाएको छ। जीप सडकबाट करीब पाँच सय मिटर तल खसेको र दुर्घटनाको कारण नखुलेको जिल्ला प्रहरी कार्यालय दार्चुलाका सूचना अधिकारी हिक्मतबहादुर थापाले जानकारी दिए । उनका अनुसार घटनामा घाईते ९ जनाको उपचार भईरहेको छ। 
 

विशेष