News राजनीति

भोजपुरमा यसरी भिड्दैछन् मुख्यमन्त्री र पूर्वमुख्यमन्त्री

भोजपुरमा यसरी भिड्दैछन् मुख्यमन्त्री र पूर्वमुख्यमन्त्री

प्रदेश र प्रतिनिधि सभा निर्वाचन घोषणा भएसँगै दलहरुले उम्मेदवार टुङ्गो लगाउने क्रम जारी छ। तर, सत्ता गठवन्धनले सिट बाँडफाँड गर्नै सकेको छैनन भने नेकपा एमाले लगायतका प्रतिपक्षी दलले पनि उम्मेदवारको टुङ्गो लगाएका छैनन्।

तर, यसअघिको निर्वाचन तथा सम्भाबनाका आधारमा कुन क्षेत्रमा को उम्मेदवार वन्न सक्छन ? भन्ने विषयमा अडकलवाजी सुरु भईसकेको छन्। यसैक्रममा प्रदेश १ का मुख्यमन्त्री र पूर्वमुख्यमन्त्रीको एउटै क्षेत्रमा भिडन्त हुने सम्भावना देखिएको छ।

भोजपुरमा एउटै मात्रै संघीय निर्वाचन क्षेत्र। उक्त निर्वाचन क्षेत्रमा चुनाव लड्न चार जना आकांक्षी देखिएका छन् । गठवन्धनका तर्फबाट प्रदेश १ का मुख्यमन्त्री तथा नेकपा एकीकृत समाजवादीका केन्द्रीय सचिव राजेन्द्रकुमार राई, नेकपा माओवादी केन्द्रका केन्द्रीय सदस्य तथा संघीय सांसद सुदन किराँती, माओवादीका केन्द्रीय सदस्य अजम्बर राई काङमाङ, नेपाली काँग्रेसका तर्फबाट उम्मेदवारी दिएर यसअघिको प्रतिनिधिसभा निर्वाचनमा पराजित बनेका उमेशजंग रायमाझी तथा  र पूर्वमुख्यमन्त्री एवम् नेकपा एमालेका पोलिटब्यूरो सदस्य शेरधन राई उम्मेदवारी दिने तयारीमा छन् ।

भोजपुरमा राईहरूको वर्चस्व छ। ०५६ सालमा २५ वर्षकै उमेरमा चुनाव जितेर प्रतिनिधिसभामा कान्छो सांसद बनेका राई ०६४ सालको संविधानसभाको निर्वाचनमा भने पराजित बनेका थिए । उनी दोस्रो संविधानसभा निर्वाचनमा पुनः विजयी बन्दै सञ्चारमन्त्रीको समेत भूमिका निर्वाह गर्ने अवसर पाएका थिए ।

यस पटक पनि संघीय संसदमा उम्मेदवारी दिने वताई सकेका राई संघीयताको कार्यान्वयनसँगै भएको ०७४ सालको निर्वाचनमा एमाले र माओवादी केन्द्रबीच बनेको वाम गठबन्धनबाट भोजपुरको प्रदेश निर्वाचन क्षेत्र नम्बर (ख) बाट विजयी बनेका थिए ।

राईले २० हजार ३३४ मत ल्याउँदा काँग्रेस र जसपाको गठबन्धनका उम्मेदवार काँग्रेसका गोविन्दबहादुर कार्कीले ७ हजार १०५ मत पाएका थिए । उनी एमाले प्रदेश १ को संसदीय दलको नेतामा विजयी भएर पहिलो मुख्यमन्त्री भए।

झण्डै साढे ३ वर्ष मुख्यमन्त्रीको भूमिका निर्वाह गरेका राई शालिन र सन्तुलित नेताका रुपमा चिनिन्छन् । तर, उनीमाथि प्रदेशको नाम राख्न नसकेको आरोप छ। गठबन्धन नभएको खण्डमा उनलाई निर्वाचन जित्न सहज छ ।

यता, बाहलवाला मुख्यमन्त्री राजेन्द्रकुमार राई पनि संघीय संसद बन्न इच्छा देखाएका छन्। विद्यार्थी राजनीतिबाट आएका राई नेकपा एमाले विभाजन नभएको भए मुख्यमन्त्री बन्ने सम्भावना कम थियो । गठबन्धनबीच सिट बाँडफाँट हुँदा प्रतिनिधिसभा क्षेत्र नेकपा एकीकृत समाजवादीको भागमा पर्ने सम्भावना कम देखिन्छ । 

किनकि नेकपा एकीकृत समाजवादीको भन्दा भोजपुरमा काँग्रेस र माओवादी केन्द्र बलिया छन् । २०७४ को निर्वाचनमा भोजपुरको प्रदेश निर्वाचन क्षेत्र नम्बर (क) मा वाम गठबन्धनको तर्फबाट राईले १९ हजार २९७ मत ल्याउँदा काँग्रेस र जसपाको गठबन्धनबाट अजम्बर राई काङमाङले ११ हजार ५४१ मत ल्याएका थिए । काङमाङ हाल माओवादी केन्द्रमा छन् ।

माओवादी केन्द्रका केन्द्रीय सदस्य अजम्बर राई काङमाङले पनि आफ्नो इच्छा संघीय संसदमा लड्ने रहेको बताए । संघमा यसअघि जितेको र स्थानीय तहको निर्वाचन २०७९ मा पनि उल्लेख्य मत ल्याएको कारण आफूहरुले प्रतिनिधिसभा निर्वाचनमा आफूहरुले उम्मेदवारी पाउनुपर्ने काङ्माङ बताउँछन् ।

माओवादी जनयुद्धको समयमा जेलनेल भोगेका सुदन किराँती पनि भोजपुरबाटै संघीय संसदमा निर्वाचन लड्ने तयारीमा छन् । ०६४ सालको पहिलो संविधानसभा निर्वाचनमा एमाले नेता शेरधन राईलाई हराएर विजयी भएका किराँती दोस्रो संविधानसभा निर्वाचनमा भने उनै राईसँग पराजित बनेका थिए ।

शेरधन राई राजेन्द्रकुमार राई

विशेष