News

ओलीको कटाक्षः जनयुद्धमा मरेकाको टुङ्गो छैन, जाँड खाएर मरेकाको शालिक !

ओलीको कटाक्षः जनयुद्धमा मरेकाको टुङ्गो छैन, जाँड खाएर मरेकाको शालिक !

नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल पुत्र प्रकाश दाहालको शालिक वनाएकोमा आपत्ति जनाएका छन् । जाँड खाएर मरेका प्रकाशको शालिक वनाएर माओवादीले शालिककै वदनाम गरेको उनले वताएका छन् ।

पार्टी कार्यालयमा आयोजित पार्टी प्रवेश कार्यक्रमलाई सम्बोधन गर्दै ओलीले कुनै पार्टी र ब्यक्तिको नाम नलिईकन जनयुद्धमा मारिएका सहिदको सट्टा जाँड खाएर मरेका नेताका आफन्तको शालिक बनाइएको भन्दै टिप्पणी गरे। 

‘हिजो महान जनयुद्ध भनेर होमिएका लडाकु कहाँ छन ? हिजो स्कुल छाडेका कहाँ छन् ? हातखुट्टा भाँचिएका कहाँ छन ? तीनलाई कहिल्यै सम्झ्या छ ?’ उनले भने, ‘ती सहिदको सालिक बन्या छ ? जाँड खाएर मरेकाको शालिक बनेको छ । युद्धमा मरेकाको शालिक बनेको छ ?’

महान जनयुद्ध भनेर १७ हजार मान्छे मारेको उनले आरोप लगाए । ‘युवाहरूलाई भड्खालामा हाल्यो, उचाल्यो, उल्कायो, कतिको ज्यान गयो, कतिको अंगभंग भयो’, उनले भने, ‘कति परिवार बेहाल भयो छोराछोरी मरे आमाबाबु मरे । ध्वस्त पारेपछि आज कहाँ छन लडाकू ?’

नुवाकोटको ककनीमा दाहाल पुत्र प्रकाश दाहालको सालिक बनाईएको छ। असार १७ गते अध्यक्ष दाहालले नै प्रकाशको सालिक अनावरण गरेका थिए । नेपाल पर्वतारोहण संघले निर्माण गरेको सो सालिक प्रकाश दाहालको जन्मदिनको अवसर पारेर अनावरण गरिएको हो ।

२०६६ सालमा सुरु भएको लुम्बिनी–सगरमाथा शान्ति अभियान अन्तर्गत २०६९ साल जेठ १३ गते कृष्ण केसी नेतृत्वमा प्रकाश दाहाल, बिना मगर, सरल सहयात्री, युवराज दुलाल (शरद), शिव डाँगी, मदन चुडाल र महेश्वर फुयालले सगरमाथाको सफल आरोहण गरेका थिए ।

प्रकाश दाहाल प्रचण्डको कान्छो सन्तान हुन् । २०७४ साल मंसिर ३ गते हृदयघातका कारण उनको निधन भएको थियो ।
 

केपी शर्मा ओली

विशेष