News

पूर्वयुवराज्ञी हिमानी अस्वस्थ, मेडिसिटीमा भर्ना

पूर्वयुवराज्ञी हिमानी अस्वस्थ, मेडिसिटीमा भर्ना

पूर्वयुवराज्ञी हिमानी शाह अस्पताल भर्ना भएकी छिन। स्वास्थ्यमा समस्या देखिएपछि उनलाई बुधबार अस्पताल भर्ना गरिएको हो।

उनलाई ललितपुरको मेडिसिटी अस्पतालमा भर्ना गरिएको पूर्वराजा ज्ञानेन्द्र शाहका संवाद सचिव फणि पाठकले जानकारी दिए । हिमानीलाई घाँटीको समस्याका साथै उच्च ज्वरो रहेको बताइएको छ ।

उनी अस्पतालको ईएनटी डिपार्टमेन्टमा उपचाररत रहेको पाठकले बताए । अस्ट्रेलियाबाट फर्केदेखि नै अस्वस्थ भएकी उनको स्वास्थ्यमा सुधार नभएपछि अस्पताल भर्ना गरिएको हो।
 

हिमानी शाह

विशेष