News विदेश

तेस्रो कार्यकालतर्फ सीको नजर : आधुनिक र समाजवादी चीन अबको एजेण्डा 

तेस्रो कार्यकालतर्फ सीको नजर : आधुनिक र समाजवादी चीन अबको एजेण्डा 

 

बेइजिङ । चिनियाँ कम्युनिष्ट पार्टीको आगामी २० औं राष्ट्रिय कांग्रेसको लागि टोन सेट गर्न राष्ट्रपति सी चिनफिङले एक 'महत्वपूर्ण' भाषण दिए। जहाँ उनले 'आधुनिकता'तर्फ नयाँ यात्राको सुरुवात भएको र मुलुक समाजवादको बाटोमा अघि बढ्ने बताए। 

सीपीसी कंग्रेसमा सीले प्रस्तुत गर्ने प्रतिवेदनको पहिलो मस्यौदा पोलिटब्युरोमा छलफल भएको हो। गत मंगलबार र बुधबार 'महासचिव सी चिनफिङको महत्त्वपूर्ण भाषणको भावना सिक्ने र सीपीसीको २० औं राष्ट्रिय महाधिवेशनको स्वागत' शीर्षकको सेमिनारमा प्रस्तुत गरिने बताइएको छ। 

यसमा गत ५ वर्षमा 'अत्यन्तै असामान्य र असाधारण' उपलब्धिहरूलाई पनि संकलन गरिएको छ। गरिबी निवारण, पारिस्थितिक सभ्यता निर्माण, राष्ट्रिय सुरक्षा र सैन्य आधुनिकीकरणलाई अगाडि बढाउने, ताइवानमा शान्ति र स्थिरता कायम राख्ने र चिनियाँ विशेषतासहितको कूटनीति सञ्चालनमा उल्लेखनीय उपलब्धिहरूको रुपमा चित्रण गरिएका छन्। 

यसैबीच, चिनियाँ कम्युनिष्ट पार्टी (सीपीसी) का एक वरिष्ठ अधिकारीले बुधबार चिनियाँ राष्ट्रपति र सीपीसी केन्द्रीय समितिका महासचिव सी चिनफिङले प्रान्तीय र मन्त्रीस्तरीय अधिकारीहरूको अध्ययन सत्रमा गरेको महत्त्वपूर्ण टिप्पणीलाई राम्ररी अध्ययन गर्न आह्वान गरेका छन्। चिनियाँ राष्ट्रपति सीले आफ्नो तेस्रो कार्यकालका लागि सत्ता एकीकरण गर्न खोजिरहेका बेला हुन लागेको २० औं राष्ट्रिय सम्मेलनका क्रममा विभिन्‍न विचारहरु व्यक्त भइरहेका छन्। 

चिनियाँ कम्युनिष्ट पार्टी केन्द्रीय समितिको राजनीतिक ब्यूरोका सदस्य तथा चिनियाँ कम्युनिष्ट पार्टी केन्द्रीय समितिको प्रचार विभागका प्रमुख ह्वाङ कुनमिङले राष्ट्रव्यापी प्रचार अधिकारीहरूसँगको टेलिकन्फरेन्समा उक्त टिप्पणी गरे। महासचिव सीको भनाइले पार्टीको विकास र देशको उद्देश्य सम्बन्धी सैद्धान्तिक र व्यावहारिक प्रश्नहरूको शृङ्खलाको जवाफ दिने सिन्ह्वाले जनाएको छ।

सीका महत्वपूर्ण टिप्पणीहरूको अध्ययन, प्रचार र कार्यान्वयनलाई प्रमुख राजनीतिक कार्यका रूपमा लिइनुपर्ने र पार्टीको २०औँ राष्ट्रिय महाधिवेशनको तयारीमा प्रचारकार्यमा ठोस कार्य गर्न आग्रह गरेका छन्। यसैबीच, नोभेम्बरमा चिनियाँ कम्युनिष्ट पार्टीको दुई-दशकको राष्ट्रिय महाधिवेशन अघि, एक अन्तर-पार्टी बुलेटिन पनि प्रकाशन हुनेछ। गत महिना चिनियाँ कम्युनिष्ट पार्टीको केन्द्रीय समितिको संगठन विभागले सन् २०२१ को अन्त्यसम्ममा चिनियाँ कम्युनिष्ट पार्टी (सीपीसी) सदस्यहरूको संख्या ९६.७१ मिलियन नाघेको बताएको थियो।

सन् २०२० को तुलनामा सदस्यता ३.७ प्रतिशतले बढेको थियो र सन् २०१२ को अन्त्यमा १८औं सीपीसी राष्ट्रिय महाधिवेशन हुँदाको सङ्ख्याभन्दा १५.९ प्रतिशत बढी भएको सिन्ह्वा समाचार एजेन्सीले रिपोर्ट गरेको छ। चिनियाँ समाचार एजेन्सीका अनुसार गत वर्ष पार्टीले आफ्नो शताब्दी मनाउँदा ४३ लाख ८० हजारभन्दा बढी मानिस चिनियाँ कम्युनिष्ट पार्टीमा सामेल भएका थिए। सन् २०२१ को अन्त्यसम्म लगभग ४.९४ मिलियन प्राथमिक-स्तर पार्टी संगठनहरू थिए, जुन अघिल्लो वर्षको तुलनामा १ लाख १७ हजारले बढेको छ। 

सिन्ह्वाका अनुसार सीपीसीले नयाँ सदस्यहरूलाई आकर्षित गर्न र पार्टीको बलियो जीवन्तता र लडाई क्षमता कायम राख्‍ने सुनिश्चित गर्नको लागि अग्रसर बन्न निरन्तर प्रयास गरिरहेको छ। शिक्षाको राम्रो स्तर र महिला सदस्य र जातीय अल्पसंख्यक समूहका सदस्यहरूको अनुपातमा निरन्तर वृद्धिसँगै पार्टी सदस्यताको संरचनामा निरन्तर सुधार भएको छ।

वाशिंगटन टाइम्सका लागि लेख्दै, चीनका विश्लेषक जियानली याङले भने, 'चीनको राज्य प्रचार मेसिनरी अन्तर्गत, महामारीको सबैभन्दा खराब अवधिमा पार्टीको सदस्यता बढेको 'तथ्य' ले सामान्य चिनियाँ नागरिकहरूले नेतृत्वको तालाबन्दी उपायहरूलाई पूर्ण रूपमा समर्थन गरेको जनाइएको छ। खाद्यान्न अभावले अविचलित थिए।'  जियानली याङले सन् २०१२ मा सी जिनपिङको सत्तामा आएपछि पार्टी सदस्यता सबैभन्दा बढी भएको दाबी गरेका छन्। चिनियाँ विश्लेषकले सन् २०१२ र २०२१ को बीचको छोटो अवधिमा कसरी सीपीसीले २१ मिलियन सदस्यहरूको वृद्धि गरेको भन्दै आश्चार्य व्यक्त गरेका छन्। 

विशेष