News

डा. गोविन्द केसीका कारण धरानको घोपा क्याम्प घाटामा !

डा. गोविन्द केसीका कारण धरानको घोपा क्याम्प घाटामा !

डा. गोविन्द केसीको पटक पटकको अनसनका कारण जारी भएको चिकित्सा शिक्षा ऐनका कारण सुनसरीको धरान स्थित वीपी कोईराला स्वास्थ्य विज्ञान प्रतिष्ठान घाटामा गएको छ। ऐन अन्तर्गत गठन भएको चिकित्सा शिक्षा आयोगका कारण शैक्षिक कार्यक्रममा स्वायत्तता नभएकाले घाटा व्यहोर्नु परको प्रतिष्ठानले जनाएको छ।

प्रतिष्ठानले आइतबार जारी गरेको श्वेत पत्रमा साउन महिनासम्म १ अर्ब ४१ करोड ऋणमा रहेको उल्लेख छ। आयोग नहुँदा आफै शैक्षिक कार्यक्रम सञ्चालन हुने भएकाले घाटा व्यहोर्नु नपरेको दावी प्रतिष्ठानको छ।

प्रतिष्ठानले आफैँ प्रवेश परीक्षा लिँदा,  शैक्षिक कार्यक्रमको शुल्क आफैँ निर्धारण गर्न पाउँदा, नेपाली र विदेशी विद्यार्थीको संख्या आफैँ तोक्न पाउँदा कहिल्यै यस्तो आर्थिक अभाव नभएको जिकिर गरिएको छ ।

ऐन जारि भएपछि सोही ऐनका आधारमा आयोग गठन भएको र आयोगले नै चिकित्सा शिक्षाको सबै तह र विधाको मापदण्ड÷स्तर निर्धारण गर्ने, आशय पत्र, सम्बन्धन, सिट निर्धारण, शुल्क निर्धारण र सम्बन्धन खारेजसम्बन्धी मापदण्ड तयार पार्ने जिम्मा पाएको छ । आयोग गठन भएपछि शैक्षिक कार्यक्रममा स्वायत्तता हनन् भएको प्रतिष्ठानको भनाइ छ । 

अहिले स्नातक तहका लागि बीपी प्रतिष्ठानमा एमबीबीएसमा १००, बीडीएसमा ५०, नर्सिङमा ४०, मिडवाइफरीमा २० र अन्यमा २२ गरी ३३२ विद्यार्थीको कोटा आयोगले तोकेको छ । 

विशेष