News

आफनै साथीले हनि ट्रयापमा पारेर १२ लाख लुटेपछि...

आफनै साथीले हनि ट्रयापमा पारेर १२ लाख लुटेपछि...

सुन पसल बेचेका दाङको घोराहीका एक जना ब्यवसायीलाई ‘हनी ट्रयाप’ मा पारेको आरोपमा प्रहरीले पाँच जनालाई पक्राउ गरेको छ। साउन २६ गते राति युवतीले आफ्नो कोठामा बोलाएर ब्यवसायीलाई ट्रयापमा पारेको प्रहरीको आरोप छ।

पक्राउ पर्नेमा रोल्पाको परिवर्तन गाउँपालिका ५ का ४० वर्षीय दिलिप कुमार वली, दाङको घोराही उपमहानगरपालिका १० नारायणपुरकी ३२ वर्षीया पवित्रा डाँगी, सोही ठाउँकी ३२ वर्षीया बिमला डाँगी, २९ वर्षीया शान्ता नेपाली र २२ वर्षीया प्रमिला नेपाली छन् । घटनामा संलग्न अजय बुढाथोकी र लोकेन्द्र मगर फरार छन्। उनीहरूको खोजी भइरहेको प्रहरीले जनाएको छ। 

उनीहरुले घोराही उपमहानगरपालिका १० नारायणपुरमा सुनचाँदी पसल गर्ने दिनेश घर्ती मगरलाई योजनावद्ध रुपमा फसाउएको दाङका डिएसपी राजकुमार गौतमले वताए । प्रहरीका अनुसार प्रमिला नेपाली सुनको तिलहरी बेच्ने बहानामा पसलमा पुगेकी थिइन्। त्यही क्रममा उनले चिनजान गरेर फोन नम्बर समेत लिएकी थिइन्। 

साउन २६ गते राति फोन गरेर उनले दिनेशलाई आफ्नो कोठामा बोलाईन। राति ११ बजे प्रमिलाको कोठामा पुगेका दिनेश त्यहीँ ट्रयापमा परे। दुवै जना कोठामा भएको अवस्थामा प्रमिलाका साथीहरु पुगेर दिनेशलाई पक्राउ गरेका थिए। 

‘हाम्री चेलीबेटीलाई के गरेको ?’ भन्दै उनीहरुले धम्क्याउन सुरु गरे। आफूहरुले भनेको नमाने जिल्ला प्रहरी कार्यालय दाङमा बलात्कारको मुद्दा लगाउने धम्की दिए। दिनेश डराएपछि उनीहरुले सुरुमा प्रमिलालाई एउटा घडेरी पास गरिदिनु पर्ने बताए। तर, आफुसँग घडेरी छैन भनेपछि उनीहरुले धम्क्याएर एक लाख रुपैयाँ नगद लगे भने बाँकी २÷२ लाख रुपैयाँको चेक काट्न लगाए । अर्को चेक ७ लाख २० हजार रुपैयाँको काट्न लगाएको पाईएको छ।

उनीहरुले नगद र चेक गरेर जम्मा १२ लाख २० हजार रुपैयाँ लगेको देखिएको प्रहरीले जनाएको छ। प्रहरीले उनीहरु विरुद्ध बैमानीपूर्वक आपराधिक लाभ लिएको आरोप लगाएको छ। डिएसपी गौतमका अनुसार पक्राउ परेका आरोपित दिलिपकुमार वली र दिनेश घर्ती मगर मिल्ने साथी हुन्।

गौतमका अनुसार केही समयअघि मात्रै सुन पसल बेचेका दिनेशसँग पैसा छ भन्ने दिलिपलाई थाहा थियो। उनले दुई–तीन महिना अघिदेखि नै दिनेशलाई लुट्न योजना बनाउन सुरू गरेको पाईएको छ। दिनेशसँग भएको पैसा लिनको लागि उनले शान्ता र पवित्रासँग बसेर योजना बनाए। पछि विमला पनि थपिईन। शान्ताले आफ्नी नन्द पर्ने सर्मिलालाई प्रयोग गर्न सकिने भन्दै सबैलाई योजना सुनाइन्। सर्मिला श्रीमानसँग सम्बन्ध बिग्रिएपछि एक्लै वस्दै आएकी थिईन। फेरि पवित्राले यसमा अरू केही साथीहरूलाई पनि जोड्न पर्ने भन्दै अजय र लोकेन्द्रलाई पनि सामेल गराईन।

सर्मिलालाई सुनको तिलहरी दिएर दिनेशको पसलमा बेच्न पठाउने, चिनजान गर्ने र फोन नम्बर पनि मागेर ल्याउने योजना बनाए। सर्मिला पनि उनीहरूको योजनाअनुसार काम गर्न तयार भइन्। यो सवै प्रकरणपछि पवित्राकै घरमा वसेर थप योजना वनाए । योजना अनुसार नै सर्मिला एक महिना अघि पवित्राको घरमा डेरा लिएर बस्न थालेकी थिइन्।

त्यसपछि साउन २६ गते पवित्राको घरमा उनीहरू सातै जना बसेर अन्तिम योजना बनाएका थिए। दिनेश कोठामा पुगेपछि सर्मिलाले नै शान्तालाई मेसेज पठाएर जानकारी गराएको पाईएको छ। उनीहरूको बन्धकबाट फुत्किएपछि दिनेश जिल्ला प्रहरी कार्यालयमा पुगेका थिए। उनले आफूलाई हनी ट्रयापमा पारेर फसाएको भन्दै प्रहरी उपरीक्षक सुरेश काफ्लेलाई जानकारी गराए।

उनले प्रहरीमा जाहेरी पनि दिए। त्यसपछि प्रहरीले उनीहरुलाई साउन २७ गते राति नै पक्राउ गरेको थियो। आपराधिक लाभसम्बन्धी कसुरमा उनीहरुलाई ३ वर्षसम्म कैद र ३० हजार रुपैयाँसम्म जरिवाना हुने कानुनी व्यवस्था छ।
 

हनि ट्रयाप

विशेष