News

हर्क साम्पाङक र बालेन्द्रको फेसबुकमै घोचपेच, हर्कले खोलेका थिए फायर

हर्क साम्पाङक र बालेन्द्रको फेसबुकमै घोचपेच, हर्कले खोलेका थिए फायर

धरान उपमहानगरका मेयर हर्क सम्पाङ र काठमाडौं महानगरपालिकाका मेयर बालेन्द्र साह बीच सामाजिक सञ्जालमै घोचपेच भएको छ। साम्पाङले काठमाडौंको फोहोर व्यवस्थापनका विषयमा सामाजिक सञ्जालमार्फत टिका टिप्पणी गर्न थालेपछि उनीहरुको घोचपेज सुरु भएको हो।

मेयर साम्पाङले बुधबार साँझ सामाजिक संजालमा आफू काठमाडौं नगएको भए फोहोर उठ्ने थिएन रैछ ! भन्दै स्टाटस लेखेका थिए । उनको पोष्टमा बालेन्द्रले प्रतिक्रिया दिँदै लेखेका छन्, ‘हो नि तपाईकै लौरो चुनाव चिह्न लिएर मैले चुनाव पनि त जितेको हो नि !’

हालै काठमाडौं आएका मेयर सम्पाङले सडकमा थुप्रिएको फोहोरका विषयमा अभिव्यक्ति दिएका थिए । धरान नै सफल लागेको भन्दै उनले काठमाडौंको विजोग देख्दा श्रमदान गर्न मन लागेको बताएका थिए ।

साम्पाङ र बालेन्द्र दुवैको पोष्टमा हजारौँले लाईक र कमेन्ट गरेका छन् । हर्कले अर्को पोस्ट गर्दै भनेका छन्, ‘आलोचना नै सुझाब हो भन्ने नबुझ्नेले के राजनीति गर्नु बेकारमा ।’ यसमा भने बालेन्द्रले प्रतिक्रिया दिएका छैनन्।

हर्कले पुनः तेस्रो पोस्ट गर्दै केहि आक्रोशको भाषा प्रयोग गरेका छन् । उनले भनेका छन्, ‘देशको राजधानीलाई फोहोरको थुप्रोले पुरेर राख्न पाइदैन । मुख बजाउन छाडेर पाखुरा बजाउ नालायक हो । नामले खाएकाहरु हो । तिमेरुको रिस उठोस बेस्सरी । काम गर काम हावा तालका हो ।’

पोस्टमा आएका प्रतिक्रियाहरुमा हर्कलाई धेरैले संयमित हुन र पोस्ट कम गर्न सुझाएका छन् । बालेनको कमेन्टमा भने बहुसंख्यकले सहमतिको प्रतिक्रिया दिएका छन् । 


 

विशेष