News

पदमसालमा एकै परिवारका ४ जना मृत भेटिए, ३ जनाको हत्या भएको आशंका

पदमसालमा एकै परिवारका ४ जना मृत भेटिए, ३ जनाको हत्या भएको आशंका

काठमाडौंको तारकेश्वर नगरपालिका– २ पदमसालमा डेरा गरेर वस्दै आएको एउटै परिवारका चार जना मृत भेटिएका फेला परेका छन् । गोरखा घर भई पदमसालमा बस्दै आएका दिनेश पाण्डेको परिवारका चार जना सदस्य मृत भेटिएका हुन् ।

पाण्डे, उनकी श्रीमती सुनीता काप्री पाण्डे, ११ वर्षका छोरा आशिक र छोरी आशिका मृत भेटिएका  हुन। घट्ना विभत्स देखिएको तारकेश्वर नगरपालिकाका मेयर कृष्णहरि महर्जनले जानकारी दिए ।

सुनीता र छोराछोरीको शव एउटा कोठामा भुईमा लडेको छ भने दिनेशको अर्को कोठामा झुण्डिएको अवस्थामा रहेको महर्जनले जानकारी दिए । दिनेशले परिवारकै हत्या गरेर आत्महत्या गरेको आशंका गरिएको छ । 

काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालयका एसपी कृष्ण कोइरालाका अनुसार भित्रबाट चुकुल लगाएर पहिला श्रीमती, छोरा र छोरीको हत्या गरेर दिनेशले आत्महत्या गरेको प्रारम्भिक अनुसन्धानबाट पत्ता लागेको छ।

४१ वर्षीया पाण्डे १० वर्ष कुवेतमा बसेर फर्केका थिए भने दिनेशकी ३९ वर्षीया श्रीमती सुनीता पाण्डे घर नजिकै पसल चलाएर बसेकी थिइन् । प्रहरीका अुनसार उनीहरुको झैझगडा भइरहने र केही समयअघि दुईपटक बालाजु प्रहरी वृत्तमा मिलापत्र गरेर छाडिएको थियो ।

बिहान अबेरसम्म पनि घरमा सुनसान भएपछि स्थानीयले ढोका फोरेर हेर्दा उनीहरु मृत फेला परेका थिए। त्यसपछि उनीहरुले नै प्रहरीलाई खबर गरेका हुन। 
 

हत्या

विशेष