News

जनार्दन र वर्षमानलाई हिस्याएर माओवादी महासचिवमा देव गुरुङको इन्ट्री !

जनार्दन र वर्षमानलाई हिस्याएर माओवादी महासचिवमा देव गुरुङको इन्ट्री !

नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहालले महासचिवका लागि हानाथाप गरिरहेका नेतालाई पाखा लगाएर तेश्रो ब्यक्तिलाई अगाडि सार्ने योजना बनाएका छन् ।

उनले नेता देव गुरुङलाई महासचिव बनाएर लडाई गरिरहेका जनार्दन शर्मा र वर्षमान पुनलाई जवाफ दिने तयारी गरेका छन् । बुधबार बसेको स्थायी समिति बैठकले पदाधिकारी र स्थायी समितिका सदस्य बिहीबार टुंग्याउने निर्णय गरेको थियो ।

माओवादी उच्च स्रोतका अनुसार दाहालले बिहीबार महासचिवमा देव गुरुङको नाम घोषणाको तयारी गरेका छन् । माओवादीको महासचिवमा नेताहरु शर्मा र पुन आकांक्षी थिए । तर ती दुईमध्ये कुनै एक जनालाई महासचिवको जिम्मेवारी दिँदा अर्को नेतासँग सम्बन्ध बिग्रन सक्ने आकलन गरी तेस्रो विकल्प खोजी गरेको माओवादी स्रोत बताउँछ ।

बुधबार बसेको पार्टी स्थायी कमिटी बैठकमा संगठनबारे छलफल भएको थियो । नेता कृष्णबहादुर महराका अनुसार केन्द्रीय समिति, पोलिटब्यूरो र स्थायी समितिमा थप गर्नुपर्ने सदस्यहरु र पदाधिकारी मनोनयनबारे छलफल भएको थियो ।

बैठकमा अध्यक्ष दाहालले विहिवारको बैठकमा पदाधिकारीको समेत नाम प्रस्ताव गर्ने बताएका छन् । 

विशेष