News मनोरञ्जन

महादेवलाई मजाक बनाएपछि माग्ने बुढामाथि चौतर्फी आक्रमण

महादेवलाई मजाक बनाएपछि माग्ने बुढामाथि चौतर्फी आक्रमण

हिन्दु धर्मावलम्वीहरुका आराध्य भगवान महादेवका विषयमा कमेडी गरेपछि ‘कमेडी हब’ कार्यक्रमका निर्देशक केदार घिमिरे ‘माग्ने बुढा’ विवादमा तानिएका छन् । 

आइतबार साँझ सार्वजनिक दशौँ भागको ट्रेलरमा देखिएको छोटो क्लिपका कारण कमेडी हब र केदारको चर्को विरोध भएको हो। उक्त क्लिपमा महादेवको चरित्रलाई उच्छंखल रुपमा प्रस्तुत गरिएको छ। एक महिला कलाकारले महादेवको चरित्र निभाई रहेका कलाकारलाई टिकटक वनाउन आग्रह गर्छिन।

टिकटक वनाउने क्रममा ति कलाकार जिउ मर्काएर नाचेको अभिनय गर्छन। त्यसपछि ति महिलाले उनलाई जिउ काम्यो त प्रभु भनेर प्रश्न गर्छिन। त्यसको जवाफमा महादेव वनेका कलाकारले भन्छन्–‘यति राम्री केटीले गालामा गाला जोडेपछि किन ननाच्नु।’

यो क्लिप वाहिरिएपछि ‘कमेडी हब’मा हिन्दु देवता महादेवको मजाक बनाइएको भन्दै विरोध भएको छ। त्यसपछि घिमेरेले माफी मागेका छन्। सामाजिक सञ्जालमा विरोध भएपछि उक्त क्लिप युट्युबबाट पनि हटाइएको छ। 

केदारले माफी माग्दै लेखेका छन्,  ‘हामीले प्रसारण गर्दै आइरहेको कमेडी हब कार्यक्रमको एक प्रस्तुतिमा आराध्यदेव महादेवलाई लिएर बनाइएको बिषयबस्तु प्रति दर्शक तथा शुभचिन्तकज्युहरुले देखाउनु भएको प्रतिक्रियाप्रति हाम्रो ध्यानाकर्षण भएको छ । अन्जान मै हामी बाट भएको त्रुटीप्रति सम्पूर्ण दर्शकज्युहरु समक्ष हामी क्षमा माग्दछौं। साथै हामीले सम्पूर्ण दर्शक, शुभचिन्तकहरुको सल्लाह र परामर्श बमोजिम यो बिषयबस्तुलाई युट्युब, टिकटक र फेसबुक सबैतिर बाट हटाइ सकेका छौ्र। बम बम भोले। जय भोले।’
 

केदार घिमिरे ‘माग्ने बुढा’

विशेष