News

माओवादीको महासचिवमा देव गुरुङसहित २१ जना पदाधिकारीको नाम प्रस्ताव 

माओवादीको महासचिवमा देव गुरुङसहित २१ जना पदाधिकारीको नाम प्रस्ताव 

नेकपा माओवादी केन्द्रको स्थायी कमिटी बैठकमा अध्यक्ष पुष्पकमल दाहालले महासचिवमा देव गुरुङसहित २१ जना पदाधिकारीको नाम प्रस्ताव गरेका छन् । 

वरिष्ठ उपाध्यक्षमा नारायणकाजी श्रेष्ठ र कृष्णवहादुर महराको नाम प्रस्ताव भएका छ । त्यस्तै, उपमहासचिवमा गरिराजमणी पोखरेल, वर्षमान पुन, हरिबोल गजुरेल, पम्फा भुसाल, जनार्दन शर्मा, मात्रिका यादव र शक्ति बस्नेतको नाम छ ।

सचिवहरुमा दिनानाथ शर्मा, चक्रपाणी खनाल, देवेन्द्र पौडेल, लिलामणी पोखेरेल, गणेश साह, हितमान शाक्य, हित राज पाण्डे, डिलाराम शर्मा र राम कार्की छन् भने कोषाध्यक्षमा श्रीराम ढकाल प्रस्ताव भएका छन् ।

पार्टी कार्यालय पेरिसडाँडामा बैठक वसेको छ। शुक्रबारको बैठकले पदाधिकारीको टुंगो लगाउन नसकेपछि आजका लागि बैठक बोलाइएको हो । शुक्रबारको बैठक विनानिष्कर्ष टुंगिएको थियो ।

महाधिवेशन भएको लामो समयसम्म माओवादीले पदाधिकारीलाई पूर्णता दिन सकेको छैन । अध्यक्ष प्रचण्ड, वरिष्ठ उपाध्यक्ष नारायणकाजी श्रेष्ठ र उपाध्यक्ष कृष्णबहादुर महराबाहेक पदाधिकारी चयन भएका छैनन् ।

महासचिवका लागि मात्रै ७ जना नेताले दाबी गरेका छन् । एकै पदमा धेरैले दाबी गरेपछि पदाधिकारीको टुंगो लाग्न सकेको छैन ।
 

विशेष