News

जिहादी प्रवद्र्धक मुस्लिम आयोग र राष्ट्रघाती बीआरआई सम्झौता खारेज गर्न माग

जिहादी प्रवद्र्धक मुस्लिम आयोग र राष्ट्रघाती बीआरआई सम्झौता खारेज गर्न माग

राष्ट्रिय एकता अभियानको युवा विभागले जिहादी प्रवद्र्धक मुस्लिम आयोग र राष्ट्रघाती बीआरआई सम्झौता खारेजीको माग गर्दै विरोध र्याली निकालेको छ । काठमाडौँ स्थित माइतीघर मण्डलाबाट निस्केको बिरोध रयाली माइतीघर मण्डलाबाट सुरु भई बानेश्वरमा पुगी कोण सभा मा परिणत भएको थियो ।

रयालीमा सहभागीहरुले जिहादी प्रवद्र्धक मुस्लिम आयोग खारेज गर, राष्ट्रघाती बीआरआई सम्झौता खारेज गर तथा हिन्दुराष्ट्र कायम गर, चिनियाँ विस्तारवाद मुर्दावाद लगायतका नारा लगाएका थिए ।

र्यालीपछिको कोण सभामा अभियानका अध्यक्ष विनय यादवले राष्ट्रघाती बीआरआई सम्झौता र जिहादी प्रवद्र्धक मुस्लिम आयोग तत्काल खारेज गर्न सरकारसँग आग्रह गरे।

त्यस्तै अभियानका केन्द्रीय सदस्य राजेश हिन्दू सम्राट, चन्द्र यदुवंशी, युवा विभागका अध्यक्ष कृष्ण यादव, प्रवक्ता रजनीश पाण्डेय, सदस्य प्रीति पाण्डेय, मुस्कान यादव, भाग्यनारायण ठाकुर, बोधनारायण यादव, राष्ट्रिय विधार्थी परिषद्का महासचिव पप्पू यादव लगायतले राष्ट्रघाती बीआरआई सम्झौता र जिहादी प्रवद्र्धक मुस्लिम आयोग तत्काल खारेज गर्नुपर्नेमा जोड दिए।
 

विशेष