News अपराध सुरक्षा

छोरी मार्दिने धम्की दिएर ससुराले गरे वुहारीलाई बलात्कार

छोरी मार्दिने धम्की दिएर ससुराले गरे वुहारीलाई बलात्कार

छोरी मार्दिने धम्की दिएर आफु माथि ससुराले नै बलात्कार गरेको भन्दै तीन महिनाअघि एक महिलाले दिएको लिखित जाहेरीमाथि चितवनको इलाका प्रहरी कार्यालय रत्ननगर टाँढीले अझै कारवाही गरेको छैन।

रत्ननगर नगरपालिका–१५ की २७ वर्षीया महिलाले गत वैशाख १६ गते ससुरा उमाप्रसाद बोहरा विरुद्ध जाहेरी दिएकी थिईन। पीडित महिलाका अनुसार उनका श्रीमान् तीन वर्षअघि रोजगारीका लागि भारत गएका थिए। दुई छोरी, एक देवर र ससुरासँगै उनी रत्ननगरमा बस्थिन्। उनकी सासूको ७ वर्षअघि मृत्यु भइसकेको छ।

उनका अनुसार ६ महिनाअघि देवर नभएको मौका पारेर ससुराले उनलाई पहिलो पटक वलात्कार गरे। घट्ना भएको दिन ससुरासँगै उनका दुई छोरीहरु टिभी हेरिरहेका थिए। टिभी हेर्ने क्रममा दुई छोरीको झगडा पर्यो। छोरीहरुलाई मिलाउन उनी टिभी कोठामा पुगिन। त्यही वेला ससुराले नातीनीहरुलाई ५/५ रुपैयाँ दिएर वाहिर पठाए। आफना छोरीलाई फकाई दिएको भन्दै उनी मख्ख परिन तर ससुराको नियत उनले वुझ्न सकिन्। 

नातिनीलाई वाहिर पठाएपछि ससुराले ढोकाको चुक्कुल लगाएर आफनो मुख थुनि वलात्कार गरेको उनले वताएकी छिन् । त्यसपछि ‘यो कुरा कसैलाई भनिस भने तेरा छोरीहरु मारिदिन्छु’ भन्दै धम्क्याएर दुई पटक बलात्कार गरेको उनको आरोप छ।

यस्तो घट्ना घटेपछि तनावले आफु विरामी परेको र ससुराले टाउको दुखेको र ज्वरोको औषधी भन्दै लठ्याउने औषधी दिने गरेको उनको दाबी छ। बलात्कार गरेपछि ससुराले गर्भ बसे/नवसेको जाँच्न भिडियो एक्सरेसमेत गर्न लगाएको उनले वताईन। भनेको नमाने छोरीको घाँटी न्याक्न थालेपछि जे भनेपनि आफुले मान्दै गएको उनको गुनासो छ।

आफूमाथि ससुराले बलात्कार गरेको विषयमा उनले भारतमा रहेका श्रीमानलाई फोन गरेर वताईन। तर श्रीमानले पनि साथ नदिएको उनको भनाई छ। श्रीमानले उल्टै चरित्रमाथि प्रश्न उठाएपछि आफु अहिले माईतीको शरणमा पुगेको उनले वताईन। घटनाको धेरै समयपछि नेपाल फर्केका श्रीमानले अहिले उल्टै पीडा दिएको उनको भनाई छ। प्रहरीमा जाहेरी परेपछि पीडिक ससुरा भने फरार छन्।

जिल्ला प्रहरी कार्यालय चितवनका डीएसपी नरहरि अधिकारीले महिले जाहेरी दिएको वताए । जाहेरीपछि आरोपित बोहरा फरार भएको उनले वताए । उनी भारत पुगेको प्रहरीको अनुमान छ। खोजतलास जारी रहेको अधिकारीले बताए । 
 

बलात्कार

विशेष