News स्वास्थ्य

उकालो लाग्दै कोरोना ग्राफः एकै दिन थपिए ८१४ संक्रमित

उकालो लाग्दै कोरोना ग्राफः एकै दिन थपिए ८१४ संक्रमित

पछिल्लो २४ घण्टामा ८१४ जनामा कोरोना संक्रमण पुष्टि भएको छ। स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार ५ हजार ४१५ जनाको परीक्षणमा ८१४ जनामा संक्रमण पुष्टि भएको हो ।

२ हजार ७६२ जनाको पीसीआर परीक्षण गर्दा ५०९ जना र २ हजार ६५३ जनाको एन्टीजेन परीक्षण गर्दा ३०५ जनामा संक्रमण देखिएको हो। योसँगै कोरोना भाइरसका सक्रिय संक्रमितको संख्या ५ हजार १४४ पुगेको छ ।

ति मध्ये ४ हजार ९८५ जना होम आइसोलेसनमा छन् भने १५९ जना संस्थागत आइसोलेसन र ३८ जना आईसीयूमा छन् । ५ जनाको भेन्टिलेरमा राखेर उपचार भइरहेको छ।

पछिल्लो २४ घण्टामा २९९ जना संक्रमणमुक्त भएका छन् । नेपालमा कोरोना संक्रमितको कुल संख्या ११ लाख ३० हजार ९३८ पुगेको छ । 
 

विशेष