News राजनीति

मातृका प्रसाद कोइरालाले गरेका कुकर्म इतिहासले कहिल्यै बिर्सन सक्दैनः ओली

मातृका प्रसाद कोइरालाले गरेका कुकर्म इतिहासले कहिल्यै बिर्सन सक्दैनः ओली

नेकपा एमालेका अध्यक्ष केपी ओलीले नेपाली कांग्रेसका तत्कालिन नेता मातृका प्रसाद कोईरालाले नेपालको जदस्रोतमाथि विदेशीको अधिपत्य जमाउने कामको सुरु गरेको आरोप लगाएका छन् ।

मंगलबार कम्युनिस्ट नेता तुलसीलाल अमात्यको स्मृतिमा आयोजित कार्यक्रममा बोल्दै ओलीले नेपाली कांग्रेस देशद्रोही पार्टी भएको आरोप लगाएका छन् ।

मात्रिकाप्रसाद कोइरालाको नेतृत्वको सरकारले नै ०१० साल साउनमा भारतीय फौज झिकाएर सहिद भीमदत्त पन्तको हत्या गरेको पनि उनले आरोप लगाए । कांग्रेस सरकारले नेपाली कम्युनिस्टमाथि ४ वर्षसम्म प्रतिबन्ध लगाएको भन्दै उलने आक्रोश ब्यक्त गरे।

मात्रिकाप्रसाद कोइरालाको तत्कालीन सरकारले उत्तरी छिमेकी देशको सिमानामा दक्षिणी छिमेकीको फौज लगेर राखेकोमा पनि उनको असन्तुष्टि थियो। कोइरालाले गरेका कुकर्म इतिहासले कहिल्यै बिर्सन नसक्ने उनको भनाई थियो।

‘यस्ता कुकर्म कांग्रेसले सजिलै गर्छ। उनलाई लाज शरम नै छैन। कांग्रेसले विगतदेखि नै देशभक्तमाथि दमन गर्दै आएको हो’– उनले भने। 

ओलीले सत्तारुढ गठबन्धनमा नरहेका कम्युनिस्ट पार्टीलाई एकतामा आउन आह्वान पनि गरे। उनले चुनावी तालमेल नभई पार्टी एकतामै आउन आह्वान गरेका हुन् ।

मातृका प्रसाद कोईराला

विशेष