News

६ लाख घुससहित पर्यटन मन्त्रालयका उपसचिव नै पक्राउ

६ लाख घुससहित पर्यटन मन्त्रालयका उपसचिव नै पक्राउ

६ लाख रुपैयाँ घुससहित पर्यटन मन्त्रालयका एक जना उपसचिव नै पक्राउ परेका छन् । अख्तियार दुरुपयोग अनुसन्धान आयोगले टोलीले उपसचिव प्रमोद नेपाललाई रंगेहात पक्राउ गरेको हो।

पर्यटन व्यवसायको दर्तासँग सम्बन्धित कामका लागि घुस लिइरहेको अवस्थामा नाग पोखरीको एक होटेलबाट उनलाई पक्राउ गरिएको आयोगले जनाएको छ। नेपाल मन्त्रालयको हवाई उद्योग तथा अन्तर्राष्ट्रिय सम्बन्ध शाखाको प्रमुखको जिम्मेवारीमा थिए ।

पर्यटन व्यवसाय दर्ताका लागि घुस मागेको आरोपमा उनीविरुद्ध अख्तियारमा उजुरी परेको थियो । उजुरीपछि अख्तियारको टोलीले उनलाई घुस सहित पक्राउ गरेको आयोगका प्रवक्ता सहसचिव श्यामप्रसाद भण्डारीले बताए।

अख्तियार दुरुपयोग अनुसन्धान आयोग

विशेष