News

भारतीय सेना प्रमुख मनोज पाण्डे भदौ तेश्रो साता नेपाल आउने

भारतीय सेना प्रमुख मनोज पाण्डे भदौ तेश्रो साता नेपाल आउने

भारतीय सेना प्रमुख मनोज पाण्डे तीन दिने भ्रमणका लागि एक महिनापछि नेपाल आउने भएका छन्। हाल भुटान भ्रमणमा रहेका भारतीय सेनापति पाण्डे भदौ तेस्रो साता काठमाण्डौ आउने गरी भ्रमणको तयारी भईरहेको रक्षा मन्त्रालय स्रोतले जनाएको छ।

भ्रमणको सम्भावित मिति भदौ २० देखि २२ गतेसम्मलाई तयार गरिएको छ। तर, भ्रमणको यकिन मिति टुङ्गो लागेको छैन। प्रधानसेनापति प्रभुराम शर्माको निम्तोमा उनी नेपाल आउन लागेका हुन्। 

यसअघि साउन महिना भित्रै उनी नेपाल आउने तयारी थियो। तर दुई साता अघि भारतीय सेनाले प्रधानसेनापति पाण्डे भदौ तेस्रो साता मात्रै आउने जानकारी गराएमो मन्त्रालय श्रोतको भनाई छ। 

भारतीय प्रधानसेनापति पाण्डे नेपाली सेनाको ‘मानार्थ महारथी’ को सम्मान ग्रहण गर्न आउन लागेको जनाईएको छ। नेपाली सेनाको परमाधिपति समेत रहेकी राष्ट्रपति विद्यादेवी भण्डारीले पाण्डेलाई नेपाली सेनाको ‘मानार्थ महारथी’ पदबाट विभूषित गर्नेछिन्। 

नेपाली सेना र भारतीय सेनाबीच लामो समयदेखि विभिन्न क्षेत्रमा सहकार्य रहँदै आएको छ।
 

भारतीय सेना प्रमुख

विशेष