News

गाउँपालिका अध्यक्षले प्रेस सल्लाहकार नियुक्त गरेपछि अख्तियारको डण्डा 

गाउँपालिका अध्यक्षले प्रेस सल्लाहकार नियुक्त गरेपछि अख्तियारको डण्डा 

काभ्रेको चौरी देउराली गाउँपालिका अध्यक्ष र प्रमुख प्रशासकिय अधिकृतविरुद्ध उजुरी परेपछि अख्तियारले पत्र काटेको छ । विभिन्न शिर्षकमा सार्वजनिक सम्पत्तिको दुरुपयोग गरेको व्यहोरा उल्लेख गर्दै अख्तियारले गाउँपालिकाका प्रमु प्रसाशकिय अधिकृतलाई पत्रकाटेको हो । 

गाउँपालिका अध्यक्ष रेणुका चौलागाईंले नियमविपरित प्रेस सल्लाहकार र प्रशासन सल्लाहकार नियुक्त गरेपछि अख्तियार दुरुपयोग अनुसन्धान आयोगमा उजुरी परेको थियो । नियम विपरित प्रेस सल्लाहकार, प्रशासन सल्लाहकार नियुक्त गरी  सार्वजनिक सम्पत्तिको दुरुपयोग गरेको भनी उजुरी परेपछि आवश्यक कागजात सहित उपस्थितिको लागि अख्तियारले पत्र काटेको हो । 


पालिकाहरूले नियुक्ति गरेका प्रेस सल्लाहकार तथा प्रशासनिक सल्लाहकार नियम विपरित भएको भन्दै विगत बर्षहरुबाटै बेरुजु देखिँदै आएको छ । 


अख्तियारले गाउँपालिका कार्यालयका प्रमुख प्रसाशकिय अधिकृतलाई पत्र काट्दै राय प्रतिकृया सहित कागजात उपलब्ध गराउन उल्लेख गरेको छ । पालिकाले विकास निर्माणको कार्य मध्य भ्यु टावर निर्माण उपजमा अनियमितता खर्चमा अनियमितता‚ ट्याक्टर खरिदमा अनियमितता गरेको उजुरीको आधारमा अख्तियारले पत्र काटेको छ ।

गाउँपालिका चौरी देउराली

विशेष