News

गाई मारेको अभियोगमा दुई तामाङ पक्राउ 

गाई मारेको अभियोगमा दुई तामाङ पक्राउ 

काभ्रेपलाञ्चोक जिल्लाको नमोबुद्ध नगरपालिका वडा नं ५ डाँडागाउँमा गौवध गरेको अभियोगमा दुई जनालाई प्रहरीले पक्राउ गरेको छ । शुक्रबार उनीहरुलाई इलाका प्रहरी कार्यालउ मङ्गलटारले पक्राउ गरेको हो । 

जिल्ला प्रहरी कार्यालय धुलिखेलका अनुसार नमोबुद्ध नगरपालिका वडा नं ०५ डाँडागाउँ स्थित फुर्वा तामाङको घरमा गाईगोरु जस्तो देखिने जनावरको मासु भाग लगाईरहेको छ भन्ने विशेष सूचनाको आधारमा इलाका प्रहरी कार्यालय मङ्गलटारले उनीहरुलाई पक्राउ गरेको हो । 

पक्राउ पर्नेमा काभ्रेपलाञ्चोकको नमोबुद्ध नगरपालिका ०५ का ज्ञान बहादुर तामाङ र सोही वडाका फुर्वे तामाङ रहेको प्रहरीले जनाएको छ ।
 

उनीहरुलाई मुलुकी अपराध संहिता‚२०७४ को परिच्छेद पशुपक्षी सम्बन्धी कसूरमा कारवाहीको लागि अदालतबाट म्यादथप अनुमति लिई आवश्यक अनुसन्धान भइरहेको जानकारी प्राप्त भएको छ ।

पक्राउ तामाङ

विशेष