News

दौलिचौरमा राष्ट्रिय प्रशारण लाइनको विजुली बल्यो

दौलिचौरमा राष्ट्रिय प्रशारण लाइनको विजुली बल्यो

बझाङको सुर्मा गाउँपालिका वडानं १ दौलिचौरमा राष्ट्रिय प्रसारण लाईन जडान गरिएको छ । नेपाल विद्युत प्राधिकरण चैनपुर वितरण केन्द्रबाट दौलिचौरमा विद्युत जडान कार्य सम्पन्न भएपछि शनिबार उद्घाटन गरिएको छ ।

आफु निर्वाचित भएको तीन महिनाभित्र राष्ट्रिय प्रशारण लाइनको विद्युत जडान गरेको  वडाध्यक्ष दिनेश बोहराले जानकारी दिए । 

स्थानीयको साथ,  प्राधिकरणको सहयोग र गाउँपालिकाले गरेको प्रभावकारी समन्वयले गर्दा विद्युत जडान गर्न सफल भएको उनी बताउँछन् । 

स-साना योजना बनाएर प्रभावकारी विकास गर्न नसकिने भएकोले दिर्घकालिन काममा बजेट खर्च गरेको वडाध्यक्ष बोहरा बताउँछन् । उनले भने ‘हाम्रो कार्यकालमा स्थानीयका आधारभुत आवश्यकता र समस्यालाई दिर्घकालिन तरिकाले समाधान गर्न प्रयास गर्ने छौँ । स-साना योजना बनाएर बजेटको सदुपयोग हुँदैन । युवाहरुले नै देखिने काम गर्ने हो । गाउँपालिका अध्यक्ष, उपाध्यक्ष तथा विद्युत प्राधिकरणका पदाधिकारीको राम्रो समन्वयले हामी गाउँमा विद्युत बाल्न सफल भएका छौँ । उहाँहरुको साथले नै यो काम भएको हो । गाउँपालिका अध्यक्ष, वडानं दुइका अध्यक्ष सुरेन्द्र बोहराले विद्युत बाल्न धेरै राम्रो सहयोग गरेका छन् ।’

सुर्मा गाउँपालिकामा बिजुली बत्ती बलेपछि स्थानीय हर्षीत भएका छन् । बत्ती आए पछि बैंकबाट स्थानीयलाई सहजै सेवादिन सकिने बैंकका कर्मचारी बताउँछन् । 

उद्घाटन कार्यक्रमको क्रममा बोल्दै नेपाल बिद्धुत प्राधिकरण बझाङका कार्यालय प्रमुख हरिचन्दराय यादवले जिल्ला भरिनै चाँडै राष्ट्रिय प्रसारण लाईन बिस्तार गरिने बताए । गत बर्षको बिनासकारी बाढीपहिरो ले गर्दा लाईन बिस्तारमा प्रभाव परेको उनले बताए । नेपाल सरकार र विद्धुत प्राधिकरणको लक्ष्य अनुरूप अबको २ बर्ष भित्र जिल्लाभरका सबै जनतालाई उज्यालो युक्त बनाउने लक्ष्य रहेको छ ।

गाउँमा विद्युत संचालन भएपछि गाउँपालिकामा बिकासका लागि टेवा पुग्ने,साना ठूला उद्योगधन्दाहरू संचालन गर्न सकिने र बर्षौ पहिले देखेको सपना साकार हुने सुर्मा गाउँपालिका अध्यक्ष खड्क बोहराको भनाई छ ।

सुर्मा गाउँपालिका

विशेष