News मनोरञ्जन

चलचित्र ‘प्रकाश’को उत्साहजनक व्यापार, प्रदिप खड्का रिसाएपछि क्युएफएक्सले थप्यो शो

चलचित्र ‘प्रकाश’को उत्साहजनक व्यापार, प्रदिप खड्का रिसाएपछि क्युएफएक्सले थप्यो शो

‘कबड्डी ४’ पछि हलहरूमा फिल्म ‘प्रकाश’ले उत्साहजनक व्यापार सुरू गरेको छ । शुक्रबारबाट प्रदर्शनमा आएको दिनेश राउत निर्देशित फिल्म ‘प्रकाश’का शनिबार २६ शो भन्दा बढी थिए ।

आज अधिकांश शोहरू हाउसफूल रहेको मल्टिप्लेक्स संघका उपत्यका अध्यक्ष सुरेन्द्रकुमार थापाले बताए । ‘बुटवल, पोखरा र नारायणघाटमा पनि व्यापार उत्साहजनक भएको छ । आइतबारबाट हामीले अझै शोहरू थपेका छौं,’ थापाले भने । 

दर्शकहरूको चाप बढ्दा पनि क्यूएफएक्सले साँझको शो नदिँदा प्रकाश टिम आक्रोशित बनेको थियो ।  ‘प्रकाश’ टिम रिसाएपछि साँझ क्यूएफएक्सले साढे पाँच बजेको शो थपेको पनि थियो ‌।

कर्णालीको कथा रहेको ‘प्रकाशमा अभिनेता प्रदीप खड्का र अभिनेत्री दिया मास्केको अभिनयलाई दर्शकले रुचाएका छन् ।

विशेष