News मनोरञ्जन

चिनियाँ भाँडोले अश्लिलता फैलाएको भन्दै  ‘टिकटक बन्द संघर्ष समिति’ गठन

चिनियाँ भाँडोले अश्लिलता फैलाएको भन्दै  ‘टिकटक बन्द संघर्ष समिति’ गठन

नेपालमा सामाजिक सञ्जाल टिकटकमाथि प्रतिबन्ध लगाउनुपर्ने माग उठेको छ । समाजमा नकारात्मक असर पुर्‍याएको भन्दै भन्दै तराईका केही जिल्लाका युवा समूहले टिकटक प्रतिबन्धको माग राखेका हुन् ।

टिकटक एक प्रख्यात चिनियाँ श्रव्य दृश्य साझेदारी गर्ने सामाजिक सञ्जाल हो । चीनको राजधानी बेइजिङमा मुख्यालय रहेको छ । यसको स्थापना सन् २०१२ मा झाङ यिमिङले गरेका थिए । यसको आधिकारिक प्रयोग सन् २०१७ मा आइओएस र एन्ड्रोइडको लागि चीन बाहिरका बजारहरूको लागि सुरु गरिएको थियो। 

छोटा भिडियो क्लिपमा लिपसिङ गरेर वा आफै स्वर भरेर भिडियो बनाउनका लागि टिकटक प्रख्यात छ ।  यो एसिया, संयुक्त राज्य अमेरिका र विश्वका अन्य भू भागहरूमा लोकप्रिय छ । यद्यपी टिकटक बनाउने देश चीनमा भने यसको उपलब्धता छैन । 

टिकटकमा अश्लिलता फैलाएको भन्दै  ‘टिकटक बन्द संघर्ष समिति’ नै बनाएर केही युवाले जिल्ला प्रशासन र प्रहरी कार्यालयमा ज्ञापनपत्र बुझाएको पाइएको छ । आइतबार रौतहटबाट केही युवाले यो संघर्ष समितिमार्फत सरकारी निकायमा ज्ञापनपत्र बुझाएका छन् ।


सो समितिका रौतहट संयोजक सचिन पटेलसहितका युवाले जिल्ला प्रहरी कार्यालय रौतहट र जिल्ला प्रशासन कार्यालय ज्ञापनपत्र बुझाएको जिल्ला प्रशासन कार्यलय रौतहटका सूचना अधिकारी मणिभुषण शाहले जानकारी दिए ।

संघर्ष समितिले तराईंका विभिन्न जिल्लामा समूह नै बनाएर टिकटक बन्द गर्नुपर्ने माग राखिरहेका छन् । हाल रौतहटसहित महोत्तरी, सिरहा, सप्तरी, बारा, सर्लाही र पर्साबाट संयोजक चयन गरी ज्ञापनपत्र बुझाउने कार्य भएको बताइएको छ ।


टिकटक बन्द संघर्ष समिति सिरहाका संयोजक पंकज शर्मा समाजमा टिकटकले अश्लीलता फैलाएको भन्दै बन्द गर्नुपर्ने धारणा राख्छन् ।

विशेष