News

गाई बलात्कार गरेको आरोपमा बाँकेमा एक युवक पक्राउ

गाई बलात्कार गरेको आरोपमा बाँकेमा एक युवक पक्राउ

गाई बलात्कार गरेको आरोपमा बाँकेमा एक युवक पक्राउ बाँके राप्तीसोनारीका एक युवकलाई गाईको बाच्छीलाई बलात्कार गरेको आरोपमा प्रहरीले पक्राउ गरेको छ । राप्तीसोनारी गाउँपालिका वडा नम्बर–४ दंगपुरर्वाका जलउवा थारुको गोठमा बाँधिएका गाईको बाच्छीलाई बलात्कार गरेको आरोपमा युवक पक्राउ परेका हुन् । युवकलाई ईलाका प्रहरी कार्यालय धामपुरले नियन्त्रणमा लिएको हो ।

गाईको बाच्छी बाँधेको ठाउँमा युवकको कट्टु र मोबाइल फेला परेपछि नियन्त्रणमा लिइएको थियो । पक्राउ परेका युवकले गाईको बाच्छीलाई बलात्कार गरेको स्वीकार गरेको ईलाका प्रहरी कार्यालयले जनाएको छ । पक्राउ परेका युवकलाई आवश्यक कारबाहीका लागि इलाका प्रहरी कार्यालय कोहलपुरमा बुझाइएको धामपुरका प्रहरी इञ्चार्ज प्रहरी नायब निरीक्षक प्रवीण डाँगीले जानकारी दिए ।

प्रहरीले पक्राउ परेका युवकको नाम गोप्य राखेको छ । जिल्ला प्रहरी कार्यालय बाँकेका प्रवक्ता प्रहरी नायब उपरीक्षक (डिएसपी) रामबहादुर घर्तीमगरले आरोप पुष्टि भए पक्राउ परेका युवकलाई कानुनअनुसार कारबाही हुने बताए ।

गाई बलात्कार

विशेष