News

आँगनबाट धकेलेर छोराले गरे बुबाको हत्या 

आँगनबाट धकेलेर छोराले गरे बुबाको हत्या 

देवदह नगरपालिका–१० दलदलेका २७ वर्षीय दिपक पुन आफ्नै बुबाको हत्या आरोपमा पक्राउ परेका छन् । उनलाई आइतबार राति प्रहरीले पक्राउ गरेको हो । 


आफ्नै बुबा ५१ वर्षीय प्रेमप्रसाद पुनको हत्या गरेको अभियोगमा प्रहरीले उनको छोरालाई पक्राउ गरेको छ । 

आपसी झगडामा दीपकले आँगनबाट धकेल्दा प्रेम प्रसादको घटनास्थलमै मृत्यु भएको प्रहरीले जनाएको छ ।  उक्त खबर प्राप्त हुनासाथ वडा प्रहरी कार्यालय बुटवलबाट खटिएको प्रहरीले उनलाई पक्राउ गरेको हो । घटनाका सम्बन्धमा प्रहरीले थप अनुसन्धान गरिरहेको छ ।

हत्या प्रकरण

विशेष