पहिरोमा परेर एकै परिवारका ५ जनाको मृत्यु

म्याग्दीको मालिका गाउँपालिका–२ रुममा पहिरोले पुरेर पाँच जनाको मृत्यु भएको छ। मंगलबार बिहान साढे ६ बजे खसेको पहिरोले तीन वटा घर बगाएको थियो। जसमा एउटा घरका पाँच जनाको मृत्यु र अर्कोमा बस्ने दुई जना घाइते छन्। अर्को एउटा घर भने खाली नै थियो।
मृत्यु हुनेमा ३६ वर्षीय घामबहादुर विक, उनकी ३४ वर्षीया श्रीमती राममाया, गोठे विकका छोराहरु १५ वर्षीय छोरा नवीन, १३ वर्षीय छोरा राजन र ७ वर्षीया छोरी रोजी छन्।
प्रहरीका अनुसार नवीन र राजन विकको घटनास्थलमै मृत्यु भएको थियो । पहिरोमा पुरिएका घामबहादुर, राममाया र रोजीको शव पहिरोमा पुरिएको ठाउँबाट खनेर दिउँसो १२ बजेतिर झिकिएको हो।
घाइतेहरू ६५ वर्षीय गोठे विक र उनकी श्रीमती गोरी विकको स्वास्थ्यचौकीमा उपचार भइरहेको छ । प्रहरीले वर्षा नरोकिएको र खराब मौसमको कारण घाइतेको उद्वारमा हेलिकोप्टर पठाउन नसकिएको जनाइएको छ ।
पहिरो